Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबोइङले १६ हजार रोजगारी कटौती गर्ने

बोइङले १६ हजार रोजगारी कटौती गर्ने


अमेरिका, वैशाख १८
अमेरिकी विमान निर्माता बोइङले रोजगारी कटौती गर्ने भएको छ । कम्पनीले पहिलो त्रैमासिकमा घाटा व्यहोर्ने स्थितिमा पुगेपछि उक्त निर्णय गरेको अमेरिकी केबल न्युज नेटवर्कले जनाएको छ । विश्व महामारी कोरोनाभाइरसका कारण विश्वकै पर्यटन, हवाइ, होटल क्षेत्रहरु नराम्ररी प्रभावित भइराख्दा बोइङको निर्णय बाहिरिएको हो । यात्रा प्रतिबन्धका कारण विश्व हवाइ क्षेत्र ठप्पप्रायः बनेका छन् । ७३७ म्याक्स जेटका दुई दुर्घटनाका कारण आलोचित बनिरहँदा बोइङले महामारीको समेत सामना गरेको छ । कम्पनीले कुलमध्ये १० प्रतिशत रोजगारी कटौती गर्नेछ ।

खासगरी यसको असर बोइङको व्यावसायिक विमान युनिटमा पर्नेछ । जहाँ १५ प्रतिशत रोजगारी गुम्नेछ । यसैबीच कम्पनीले ७८७ ड्रिमलाइनर र ७७७ सिरिजका विमानहरु पुनः उत्पादन गर्ने भएको छ । माग बढेको कारण यसो गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीले आफ्ना मुख्य आम्दानी क्षेत्रबाट १ अर्ब ७० करोड डलर गुमाइसकेको छ । म्यासजेट विमानहरु महामारीअघि नै ग्राउन्डेड हुँदा यसको असर समेत कम्पनीलाई परेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया