Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी अर्थतन्त्र सन् २००८ यताकै बिग्रिँदो

अमेरिकी अर्थतन्त्र सन् २००८ यताकै बिग्रिँदो


न्युयोर्क, वैशाख १८
विश्व महामारी कोरोनाभाइरसका कारण विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र सन् २००८ यताकै खराब स्थितिमा पुगेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा अमेरिकी अर्थतन्त्र वार्षिक ४.८ प्रतिशतले खराब स्थितिमा पुगेको हो । बीबीसीका अनुसार बुधबार उक्त तथ्यांक सार्वजनिक गरिएको हो । विश्व महामारीका कारण जारी लकडाउनले अमेरिकी अर्थतन्त्रमा प्रभाव पारेको हो । हालसम्म २ करोड ६० लाख अमेरिकीले बेरोजगार रहेको बताएका छन् । त्यस्तै आर्थिक गतिविधि र उपभोक्ता विश्वास समेत ह्वात्तै गुमेको छ ।

विश्लेषकहरुले अझै खराब स्थितिको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । त्यसो महामारीले विश्व अर्थतन्त्रमै प्रभाव पारिरहेको छ । दोस्रो ठूलो अर्थतन्त्र चीनमा पनि पहिलो तीन महिनामा अर्थतन्त्र ६.८ प्रतिशतले ओरालो लागेको छ । जुन सन् १९९२ यताकै खराब अवस्था हो । त्यस्तै जर्मनीको अर्थतन्त्र पनि यो वर्ष ६.३ प्रतिशतले ओरालो लागेको छ ।

जर्मन अर्थमन्त्री पिटर अल्टमायरले सन् १९४९ यताकै खराब अवस्था भनेका छन् । अमेरिकी अर्थतन्त्र यो वर्ष २ प्रतिशत वृद्धिदरको अपेक्षा गरिएको थियो तर मध्यअप्रिलबाट आधा अमेरिका लकडाउनको अवस्थामा पुगेपछि त्यसको असर अर्थतन्त्रमा देखिएको हो । केही अमेरिकी राज्यले लकडाउन खुकुलो पार्नथालेका भने छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x