Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुरोपेली अर्थतन्त्रमा ३.८ प्रतिशतको संकुचन

युरोपेली अर्थतन्त्रमा ३.८ प्रतिशतको संकुचन


लन्डन, वैशाख १९
युरोपेली अर्थतन्त्रमा पनि विश्व महामारी कोरोनाभाइरसको असर देखिनथालेको छ । चालू वर्षको पहिलो त्रैमासिकमा यस क्षेत्रको अर्थतन्त्र ३.८ प्रतिशतले खुम्चिएको बीबीसीले जनाएको छ । यो वित्तीय संकटयताकै खराब भएको बताइएको छ । देशगत रुपमा फ्रान्स र स्पेनको अर्थतन्त्र पनि उक्त अवधिमा खराब स्थितिमा पुगेको छ । जर्मनीमा बेरोजगारी ह्वात्तै बढे पनि तुलनात्मक रुपमा अरु देशभन्दा केही राम्रो रहेको छ । फ्रान्समा कुल गार्हस्थ्य उत्पादन ५.८ प्रतिशतले घटेको छ ।

त्यस्तै स्पेनको ५.१ प्रतिशतले घटेको र इटालीको अर्थतन्त्र ४.७ प्रतिशतले ओरालो लागेको छ । हालसम्म सबै युरोपेली देशहरुले तथ्यांक सार्वजनिक गरिसकेका छैनन् । यस क्षेत्रकै ठूलो अर्थतन्त्र जर्मनीको श्रमबजार महामारीको असर देखिनथालिसकेको छ । अप्रिलमा मात्रै जर्मनमा ३ लाख ७३ हजारले बेरोजगारी भएको बताएका थिए ।

युरोपेली केन्द्रीय बैंककी प्रमुख क्रिस्टिन लेगार्डेले दोस्रो त्रैमासिकमा यस क्षेत्रको अर्थतन्त्र अझै बिग्रिने बताएकी छिन् । उनले यस क्षेत्रको चालू वर्षको आर्थिक वृद्धिदर ५ देखि १२ प्रतिशतको बीचमा रहने भन्दै सम्बन्धित देशलाई नीतिगत सुधारका लागि आग्रह गरेकी छिन् । ईसीबीले पनि आकस्मिक राहतका कदम चाल्न तत्पर रहेको उनको भनाइ छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया