Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारउत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गर्ने

उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गर्ने


प्योङ्याङ । उत्तर कोरियाले तीन वटा नयाँ जासुसी उपग्रह प्रक्षेपण गर्ने भएको छ । यस्तै सैन्य ड्रोन निर्माण गर्ने र सन् २०२४मा आफ्नो आणविक हतियारको भण्डार बढाउने भएको छ । सर्वोच्च नेता किम जोङ उनले अमेरिकी नीतिले युद्धलाई अपरिहार्य बनाएकोले युद्धको तयारी तिव्र पार्नुपर्ने बताएको राज्य नियन्त्रित मिडियाले जनाएको छ ।

नेता किम आगामी वर्षको लागि आर्थिक, सैन्य र विदेश नीतिका लक्ष्यहरु तय गर्ने सत्तारुढ दलको पाँच दिने बैठकमा अमेरिकमामाथि खनिएका थिए । किमले कोरियाली प्रायद्वीपमा कुनैपनि बेला आक्रमण हुन सक्ने भएकाले लापरावी गर्न नहुने निष्कर्ष सुनाएका थिए ।

उनले सेनालाई कुनैपनि आक्रमणको जवाफमा आवश्यक परे आणविक बम सहित ‘दक्षिण कोरियाको सम्पूर्ण क्षेत्रलाई शान्त पार्न’ तयारी गर्न पनि आदेश दिएका छन् । दक्षिण कोरिया र अमेरिकामा चुनाव आउनुभन्दा एक वर्ष अघि किमको यस्तो निर्देशन आएको हो ।

विज्ञहरुले नोभेम्बरमा अमेरिकी राष्ट्रपति चुनावको वरिपरि लाभ उठाउन उत्तर कोरियाले सैन्य दबाब दिने अभियान सुरु गरेको अनुमान गरेका छन् । किनभने उत्तर कोरियाले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमन देख्न चाहेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया