Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा ठूला गाडीको बिक्री बढ्यो

भारतमा ठूला गाडीको बिक्री बढ्यो


नयाँदिल्ली । भारतमा ठूला गाडीको बिक्री बढेको छ । तर, उच्च छुट दिए पनि साना कारको बिक्री भने घटेको छ । भारतीय अटोमेकरहरुले सार्वजनिक गरेको डिसेम्बर महिनाको तथ्यांकअनुसार मुद्रास्फीतिका कारण सना कारको बिक्री घटेको हो । अटोमेकरहरुले प्रिमियम गाडीको बिक्रीबाट फाइदा उठाएको बताइएको छ ।

मारुति सुजुकी र महिन्द्रा एन्ड महिन्द्राले घरेलु एसयूभी बिक्री क्रमशः २४ प्रतिशत र ३९ प्रतिशतले वृद्धि गरेको रिपोर्ट दिएका छन् । भारतीय कार निर्माताहरुले एसयूभी सेगमेन्टको बिक्रीबाट राम्रो फाइदा गरिरहेका छन् ।

थार, स्कोर्पियोजस्ता एसयूभी बनाउने महिन्द्राले २०२३मा यी श्रेणीका गाडी बिक्रीमा धेरै महिनाको रेकर्ड बनाएको थियो । अहिले पनि हरेक महिना २० देखि ५७ प्रतिशतसम्म बिक्री वृद्धि भएको महिन्द्राले जनाएको छ ।

मारुतीले पनि एसयूभी बिक्रीको सहयोगमा एक वर्षमा आफ्नो व्यापार ३६ प्रतिशतले बढाएको छ । मारुतीले आफ्ना कम मूल्यका मोडेलहरुमा ४० देखि ४५ प्रतिशतसम्म छुट दिई बिक्री बढाउन प्रेरित गरेको थियो ।

टाटा मोटर्सले विभिन्न श्रेणीका कारहरुको बिक्रीको वृद्धिदर निर्दिष्ट नगरी घरेलु पीभी बिक्रीमा आठ प्रतिशत वृद्धि भएको रिपोर्ट सार्वजनिक गरेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया