Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा बेरोजगारी दर पाँच दशमलव दुई प्रतिशत

चीनमा बेरोजगारी दर पाँच दशमलव दुई प्रतिशत


बेइजिङ । सन् २०२३ मा चीनमा सहरी बेरोजगारी दर पाँच दशमलव दुई प्रतिशत देखिएको छ । जुन सन् २०२२ को तुलनामा शून्य दशमलव चार प्रतिशतले कम हो ।

राष्ट्रिय तथ्यांक विभाग (एनबीएस)ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा रोजगारीको अवस्था केही घटेको उल्लेख छ । प्रतिवेदनमा चीनका ३१ प्रमुख शहरमा पाँच प्रतिशतभन्दा कम बेरोजगारी दर रहेको उल्लेख छ ।

सन् २०२३मा चीनको ग्रामीण आप्रवासी कामदारहरुको कुल संख्या २९ करोड ७५ लाख ३० हजार पुगेको छ । यो संख्या सन् २०२२को तुलनामा १९ लाख १० हजारले बढी हो । एनबीएसका अनुसार आप्रवासी कामदारको औसत मासिक आय एक वर्षपहिलेको तुलनामा तीन दशमलव छ प्रतिशतले बढेर चार हजार सात सय ८० युआन (झण्डै ६ सय ७२ अमेरिकी डलर) पुगेको छ ।

विद्यार्थीबाहेक १६ देखि २४ वर्ष उमेर समूहको बेरोजगारी दर १४ दशमलव नौ प्रतिशत, २५ देखि २९ वर्ष उमेर समूहको छ दशमलव एक प्रतिशत र ३० देखि ५९ वर्ष उमेर समूहको बेरोजगारी दर तीन दशमलव नौ प्रतिशत छ ।

गत वर्ष १६ देखि २४ वर्ष उमेर समूहका ६० प्रतिशतभन्दा बढी विद्यार्थी सहरी क्षेत्रका बासिन्दा थिए । नयाँ थपिएका २५ देखि २९ वर्ष उमेर समूहका लागि बेरोजगारीको तथ्यांकले स्नातकपछिका वर्षहरूमा युवाहरूका लागि रोजगारीको वातावरणलाई संकेत गरेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया