Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजापानी यान चन्द्रमामा सफल अवतरण

जापानी यान चन्द्रमामा सफल अवतरण


टोकियो । जापानको ‘स्लिम’ यान शनिबार चन्द्रमामा अवतरण भएको छ । जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा)ले ‘स्मल लुनार ल्यान्डिङ डेमोन्स्ट्रेन्ट (स्लिम)’ चन्द्रमामा अवतरण भएको पुष्टि भएको जनाएको छ ।

जापानी मानवरहित यान राति १२ बजेर २० मिनेटमा चन्द्रमामा अवतरण गरेको हो । सफल अवतरणपछि यानले सञ्चार सम्पर्क स्थापित गरेको जाक्साले जनाएको छ । यानले चन्द्रमाको तस्बीर खिच्ने, चट्टान संकलन गर्ने र अनुसन्धानका अन्य गतिविधिहरु गरिरहेको बताइएको छ । तर यानको सोलार ब्याट्री रिचार्ज हुन नसकेपछि धेरै समय काम गर्न नसक्ने भएको छ ।

जाक्साका अधिकारीहरुले सोलार स्टिमबाट ब्याट्रि रिचार्ज नभएपछि ब्याकअप ब्याट्रिको सहायतामा केही समयमात्रै यानले काम गर्न सक्कने बताएका छन् ।

‘स्लिम’ यानको सफल अवतरणपछि जापान चन्द्रमामा पुग्ने पाँचौँ मुलुक बनेको छ । यसअघि अमेरिका, सोभियतसंघ, चीन र भारतले चन्द्रमामा आफ्नो यान सफलतापूर्वक अवतरण गरिसकेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया