Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेलायतका राजा चार्ल्सलाई क्यान्सर

बेलायतका राजा चार्ल्सलाई क्यान्सर


लन्डन । बेलायतका राजा चार्ल्सलाई क्यान्सर भएको छ । बकिङ्घम प्यालेसले सोमबार राजा चार्ल्सलाई क्यान्सर भएको जानकारी दिएको हो । दरबारले विज्ञप्ति जारी गर्दै राजा चार्ल्सलाई क्यान्सर भएकाले सबै सार्वजनिक सभाहरू केही समयका लागि स्थगित गरिएको जनाएको छ ।

७५ वर्षीय राजा कस्तो प्रकारको क्यान्सरबाट पीडित भएका हुन खुलाइएको छैन । प्रधानमन्त्री ऋषि सुनकले मंगलबार क्यान्सर चाँडै पत्ता लागेको र उपचार सुरु भएको बताएका छन् । आफ्नो शासनकालको १८ महिना मात्रै पूरा गर्न लागेका राजा चाल्र्सले सार्वजनिक सभामा उपस्थित नहुने भए पनि आफ्ना अन्य आधिकारिक राज्य कर्तव्य भने जारी राख्ने बताइएको छ ।

सन् २०२२ सेप्टेम्बर ८ मा आफ्नी आमा एलिजाबेथ द्वितीयाको मृत्यु भएपछि चार्ल्स राजा बनेका थिए । दरबारले राजा पूर्णरूपमा सकारात्मक भएको र जतिसक्दो चाँडो पूर्ण सार्वजनिक कर्तव्यमा फर्किन उत्सुक भएको उल्लेख गरेको छ । आफ्ना पितालाई क्यान्सर भएको थाहा भएपछि चार्ल्सबाट टाढा रहेका छोरा प्रिन्स ह्यारी मंगलबार लन्डन पुगेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया