Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा कर विभागद्वारा विपक्षी दलको बैंक खाता रोक्का

भारतमा कर विभागद्वारा विपक्षी दलको बैंक खाता रोक्का


नयाँदिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल कांग्र्रेसले राष्ट्रिय निर्वाचनको घोषणा हुनुभन्दा केही हप्ताअघि नै कर विभागले आफ्नो बैंक खाता रोक्का गरेको जनाएको छ । कांग्रेस प्रवक्ता अजय माकनले शुक्रबार पत्रकार सम्मेलन गरी बैंक खाता रोक्का गरिएको जानकारी दिएका हुन् । आयकर विभागले आर्थिक वर्ष २०१८/१९का लागि आयकर दाखिला गरेको अनुसन्धानको क्रममा दुई अर्ब १० करोड भारतीय रुपैयाँको भुक्तानी माग गरेको माकनले जानकारी दिए । उनले पार्टीले त्यस्तो जरिवाना तिर्न नपर्ने भन्दै पार्टीलाई किनारा लगाउने उद्देश्यले बैंक खाता रोक्का गरिदिएको दाबी गरेका छन् ।

आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई लक्षित गरी कानून प्रवर्तन एजेन्सीहरूको प्रयोग गरेको आरोप लगाएका छन् । गतवर्ष कांग्रेस नेता राहुल गान्धीलाई मोदीको पार्टीका एक नेताले उजुरी गरेपछि आपराधिक मानहानीको अभियोगमा दोषी ठहर गरिएको थियो ।

गान्धीलाई दुई वर्षको जेल सजाय सुुनाइएको थियो भने केही समयका लागि संसदबाट अयोग्य घोषित गरिएको थियो । पछि अदालतबाट विपिक्षी नेताको पक्षमा भएको फैसलापछि उक्त आरोप स्वतः निस्प्रभावी भएको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया