जर्मनीमा मन्दीको सम्भावना कायमै
बर्लिन । जर्मनीमा मन्दी देखा पर्नसक्ने सम्भावना बढेको छ । जर्मनीको केन्द्रीय बैंक बुन्डेस बैंकले सोमबार नियमित मासिक रिपोर्ट सार्वजनिक गर्दै बाह्य माग कमजोर भएकाले जर्मनी मन्दीमा पर्नसक्ने सम्भावना रहेको बताएको छ ।
युक्रेनमा रुसको सन् २०२२ देखिको आक्रमणले ऊर्जा लागत बढाएपछि जर्मनीले संघर्ष गरिरहेको र यसले अर्थतन्त्रमा नकारात्मक वृद्धिको सम्भावना बढाएको छ । बन्डेस बैंकले भनेको छ ‘जर्मन अर्थव्यवस्थाको लागि अझै कुनै रिकभरी छैन, सन् २०२४को पहिलो त्रैमासिक उत्पादन केही घट्न सक्छ भने आर्थिक उत्पादनमा लगातार दोस्रोे गिरावट देखा पर्नेछ र जर्मनीको अर्थतन्त्र प्राविधिकरुपमा मन्दीमा पर्नेछ ।’
जर्मनी सरकारले उच्च ऊर्जा लागत, कमजोर चिनियाँ माग र द्रुत मुद्रास्फीतिले अस्थायीरुपमा वृद्धिलाई रोकेको तर आर्थिक रणनीतिमा मौलिक रुपमा असर नपारेको बताउँदै आएको छ ।
यद्यपि विदेशी औद्योगिक माग र अर्डर ब्याकलग घट्दै गएको केन्द्रीय बैंकले उल्लेख गरेको छ । जर्मनीको केन्द्रीय बैंकले युरोपेली केन्द्रीय बैंकले मूल्यवृद्धिसँग लड्नको लागि ब्याजदरलाई उच्चरुपमा बढाएपछि वित्तीय लागत तीव्ररुपमा बढेको कारण फर्महरुले लगानी रोकिरहेको बताएको छ । ज्यालावृद्धिले पनि उद्योगहरुमा असर परेको र यातायातमा भएका हड्तालले पनि त्रैमासिक वृद्धिमाथि असर गर्ने केन्द्रीय बैंकले जनाएको छ । लालसागरमा ढुवानीको अवरोधले भने जर्मनीको आपूर्तिमा कुनै समस्या नपर्ने बुन्डेस बैंकले आफ्नो मासिक रिपोर्टमा उल्लेख गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चारवटा प्रदेशमा भारी वर्षा हुने
- पर्यटन नीति र कानुन समयानुकूल बनाइने छ: मन्त्री पाण्डे
- सौर्य एयरलाइन्सका चालक शाक्यको स्वास्थ्यमा सुधार
- वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टचार भेट
- सर्पदंशका बिरामीको निःशुल्क उपचार गरिने
- मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा. यादव
- प्रदेशभित्रका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गर्ने
- जाजरकोट भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया