Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकामा रुसी र युक्रेनी पर्यटकलाई भिसा दिन कडाई

श्रीलंकामा रुसी र युक्रेनी पर्यटकलाई भिसा दिन कडाई


कोलम्बो । रुस–युक्रेन युद्धका कारण आफ्नो टापुमा बस्न आउने हजारौं रुसी र युक्रेनी पर्यटकका लागि श्रीलंकाले दीर्घकालीन पर्यटक भिसा नदिने भएको छ । मस्कोले युक्रेनमा आक्रमण गरेपछि रुस र युक्रेनबाट केही मानिसहरु दीर्घकालीन पर्यटक भिसा लिई श्रीलंकामा बस्दै आएका छन् ।

अध्यागमनका आयुक्त हर्ष इलुकपिटियाले सरकारले पर्यटक भिसाको थप म्याद नदिएको जानकारी गराएका छन् । उनले त्यसरी भिसा लिएर बसेका पर्यटकलाई आफ्नो देश फर्कन मार्च सातको समय सीमा दिइएको बताए । हवाई उडानको अवस्था सामान्य भएको र उनीहरुलाई फर्कन कठिनाइ नभएकाले श्रीलंकाले यस्तो नीति लिएको हो ।

अध्यागमनको तथ्यांकअनुसार रुसले युक्रेनमा आक्रमण सुरु गरेयता रुसबाट दुई लाख ८८ हजार र युक्रेनबाट २० हजार पर्यटक श्रीलंका भ्रमण गरेका छन् । रुसी र युक्रेनी नागरिकहरु सेनामा भर्ती हुनपर्ने अवस्थाबाट बच्नका लागि श्रीलंकामा लामो समयका लागि पर्यटक भिसा लगाएर बस्ने गरेको पाइएको छ । यसरी श्रीलंका बसेका पर्यटकहरु व्यापार व्यवसायमा समेत लागेका छन् । केहीले रेष्टुरेन्ट सञ्चालन गरेका छन नभने केहीले रात्रिकालीन क्लब सञ्चालन गर्दै आएका छन् ।

रुसी नागरिकले सञ्चालन गरेको रात्रिकालीन क्लबमा ‘श्वेत मानिस मात्र’को पाटी आयोजना गरिएपछि सामाजिक सञ्जालमा त्यसको चर्को विरोध भएको थियो । त्यसपछि श्रीलंकन सरकारले उक्त निर्णय गरेको हो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया