Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएप्पलको इलेक्ट्रिक कार योजना बन्द

एप्पलको इलेक्ट्रिक कार योजना बन्द


बेइजिङ । आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो दशक लामो विद्युतीय सवारीसाधनसम्बन्धी परियोजना बन्द गरेको छ । सार्वजनिक रुपमा स्वीकार नगरेको सो परियोजनामा करिब दुई हजार कर्मचारी संलग्न रहेका थिए । यीमध्ये अधिकांश कर्मचारीलाई एप्पलको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शाखामा सार्ने स्रोतले जनाएको छ ।

एप्पलले अर्बौँ डलर खर्च गरेर स्टेरिङ र पेडलविनाको पूर्णस्वचालित हुने गाडीको विकासका लागि काम गरिरहेको चर्चा थियो । तर, यस्तो किसिमको सवारीसाधन निर्माण हुन अझै धेरै वर्ष लाग्ने अनुमान गरिएको थियो । अध्ययन अनुसन्धान गर्ने कम्पनी काउन्टरपोइन्टका अनुसार एआईयुक्त उपभोक्ता इलेक्ट्रोनिक्सको बजार तीव्र विस्तार भइरहेको बेला एप्पलले यस्तो निर्णय लिएको छ ।

एप्पलको यो परियोजना बन्द भएको खबरपछि टेस्लाका मालिक इलोन मस्कले एक्समा सलाम र चुरोटको इमोजी राखेर प्रतिक्रिया जनाएका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया