Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजापानको सेयरबजारमा नयाँ रेकर्ड

जापानको सेयरबजारमा नयाँ रेकर्ड


टोकियो । जापानको सेयरबजारले नयाँ रेकर्ड बनाएको छ । सेयर कारोबार मापक ‘निक्की २२५’ सोमबार ४० हजार एक सय नौ विन्दुमा कायम भएको छ । जुन अहिलेसम्मकै उच्च विन्दु हो । इन्ट्रडे कारोबारमा ‘निक्की २२५’ ४० हजार तीन सय नौ विन्दुसम्म पुगेको थियो ।

गएको फेब्रुअरी २२ मा निक्की सन् १९८९ पछि पहिलो पटक नयाँ अलटाइम हाई बनाएको थियो । त्यसपछि सोमबार फेरि रेकर्ड ब्रेक गर्दै ४० हजार विन्दुमाथि पुगेको छ ।

बलियो कर्पोरेट आम्दानी, आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा देखिएको आशाका कारण निक्की थप बढ्नसक्ने भविश्यवाणी विश्लेषकहरूको छ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने सम्भावना देखिएकोे, मुद्रास्फीति दर पनि घट्दै जाने देखिएपछि जापानलगायत विश्वका ठूला सेयरबजारमा सकारात्मक प्रभाव परेको देखिन्छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया