Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमंगोलियामा ३० लाख गाईबस्तुको मृत्यु

मंगोलियामा ३० लाख गाईबस्तुको मृत्यु


मंगोलिया । मंगोलियामा खराब मौसमका कारण ३० लाखभन्दा बढी गाईबस्तुको मृत्यु भएको छ । राष्ट्रिय विपत् आयोग (एसईसी)का अनुसार अत्यधिक चिसो मौसमका कारण ३० लाख ८९ हजार चार सय २० गाईबस्तुको ज्यान गएको छ ।

आयोगले जारी गरेको विज्ञप्तिमा जमिन हिउँले ढाकिएको कारण अधिक चिसो भएको र ठूलो संख्यामा गाईबस्तुहरू मरेको उल्लेख छ ।

मंगोलियामा यसवर्ष विगतका वर्षहरूमा भन्दा जाडो बढेको थियो । विगतमा भन्दा धेरै हिउँ परेका कारण जाडो बढेको मौसम अनुगमन एजेन्सीले उल्लेख गरेको छ । मंगोलियाको ८० प्रतिशतभन्दा बढी भू–भागमा अहिले पनि एक सय सेन्टिमिटरभन्दा बढी बाक्लो हिउँ परेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार मंगोलियामा सन् २०२३ को अन्त्यमा पशुधनको संख्या छ करोड ४७ लाख थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया