Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा सेमिकन्डक्टर चिप उत्पादन बढ्यो

भारतमा सेमिकन्डक्टर चिप उत्पादन बढ्यो


नयाँदिल्ली । भारतले सेमिकन्डक्टर चिप उत्पादनको प्रक्रियालाई तीव्रता दिएको छ । आगामी पाँच वर्षमा विश्वभर सबैभन्दा धेरै सेमिकन्डक्टर उत्पादन गर्ने देशहरुमध्ये पाँच नम्बरभित्र लक्ष्यका साथ उत्पादन बढाइरहेको छ ।

रेल्वे तथा सञ्चार मन्त्री अश्विनी वैष्णले आगामी पाँच वर्षमा भारत विश्वको शीर्ष पाँच सेमिकन्डक्टर उत्पादन राष्ट्र बन्ने लक्ष्यसहित अगाडि बढिरहेको बताए । मूल्य प्रतिस्पर्धा र आपूर्ति श्रृङ्खलाका कारण चिप उद्योग विश्वभर जटिल मानिन्छ ।

सेमिकन्डक्टर उत्पादनमा ताइवानले विश्वको उत्पादन क्षमताको करिब ४६ प्रतिशत हिस्सा ओगटेको छ । त्यसपछि चीनले २६ प्रतिशत, दक्षिण कोरियाले १२ प्रतिशत, अमेरिकाले छ प्रतिशत र जापानले दुई प्रतिशत बजार हिस्सा ओगटेको छ ।

अमेरिका र चीनबीचको तनाव बढ्दै गएपछि सेमिकन्डक्टर चिप उत्पादन गर्ने कम्पनीहरुले चीनमाथिको निर्भरता घटाउन खोजिरहेका छन् । यसको फाइदा भारतले लिन खोजिरहेको देखिन्छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया