Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको औद्योगिक उत्पादन बढ्यो

चीनको औद्योगिक उत्पादन बढ्यो


बेइजिङ  । चीनको औद्योगिक उत्पादन पाँच महिनापछि पहिलो पटक बढेको छ । चिनियाँ तथ्याङ्क ब्युरो (एनबीएस)ले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार औद्योगिक उत्पादन बढाउने प्रयासमा सकारात्मक संकेत देखापरेको छ ।

चिनियाँ कलकारखानाको उत्पादनको समीक्षा गर्ने पीएमआई सूचकाङ्क मार्च महिनामा ५० दशमलव आठ विन्दुमा कायम छ । फेब्रुअरीमा यो सूचक ४९ दशमलव एक विन्दुमा थियो । पीएमआई सूचकाङ्क ५० विन्दुभन्दा माथि हुनुले औद्योगिक उत्पादनमा वृद्धि भएको सङ्केत गर्छ । गतवर्ष सेप्टेम्बर महिनामा चिनियाँ औद्योगिक उत्पादन सूचकाङ्क पीएआई ५० विन्दुभन्दा माथि थियो ।

कोभिड–१९ पछि विश्वभरको बजारमा माग कमजोर थियो । यही कारण चिनियाँ वस्तुको उपभोग घट्दा चीनमा उत्पादन प्रभावित भएको थियो । चिनियाँ अधिकारीहरुले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न उपायहरु घोषणा गरेका थिए । फलस्वरुप उद्योगको उत्पादन बढेको छ ।

चीनको गैरऔद्योगिक उत्पादनको पीएमआई सूचाङ्क पनि मार्चमा सुधार भएर ५३ विन्दुमा पुगेको छ । फेब्रुअरी महिनामा यस्तो पीएमआई ५१ दशमलव चार विन्दुमा थियो । गतवर्ष चीनको औद्योगिक वृद्धिमा तीव्र निराशाजनक अवस्था थियो । दशककै सबैभन्दा कमजोर अवस्थामा अर्थतन्त्रको वृद्धि भएपछि बेइजिङले श्रृङ्खलाबद्ध आर्थिक राहत प्याकेज घोषणा गरेको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया