Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ आयात स्वीकार नगर्ने अमेरिकी अर्थमन्त्री येलेनको चेतावनी

चिनियाँ आयात स्वीकार नगर्ने अमेरिकी अर्थमन्त्री येलेनको चेतावनी


बेइजिङ् । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले चिनियाँ वस्तुको आयातका कारण नयाँ उद्योग ध्वस्त हुने अवस्था आएको भन्दै आयात स्वीकार नगर्ने चेतावनी दिएकी छिन् ।

चीन भ्रमणमा रहेकी येलेनले सोमबार एक पत्रकार सम्मेलनमा बेइजिङमाथि थप औद्योगिक क्षमतामा लगाम लगाउन आफ्नो मुद्दालाई जोडदारसँग उठाएकी छिन् । उनले भ्रमणका क्रममा चिनियाँ अधिकारी र व्यापारिक नेताहरुसँगको वार्तामा बारम्बार चीनको क्षमताभन्दा बढी आपूर्ति भइरहेको प्रसङ्गलाई उठाइरहेकी छिन् । चिनियाँ आयातको बाढीले सन् २०००को सुरुमा अमेरिकी निर्माण कार्यहरु नष्ट गरेको थियो । अमेरिकी राष्ट्रपति बाइडेनले त्यतिबेलाको ‘चीन झड्का’को पुनरावृति अब हुन नदिने बताउँदै आएका छन् ।

येलेनले चीनले विद्युतीय सवारी साधन उत्पादन, विद्युतीय ब्याट्री, सोलार प्यानल र अन्य हरित उर्जाका सामानहरुका लागि राज्यको ठूलो सहयोग जारी राखेमा नयाँ ट्यारिफ लगाउने वा अन्य व्यापारिक अवरोध गर्ने धम्की पनि दिएकी छन् । उनले एक दशकअघि चीन सरकारको समर्थनमा स्थापना भएको स्टिल उत्पादनले विश्वव्यापी बजारमा बाढी ल्याएको र धेरै ठस्ला उद्योगहरु ध्वस्त भएको थियो बताउँदै अब त्यसो हुन नदिने बताइन् ।

चीनका उपप्रधनमन्त्री लियाओले अमेरिकी प्रश्नहरुको गतिलो जवाफ दिएको स्थानीय मिडियाहरुसँग बताएका छन् । उनले अमेरिकाले व्यापार र लगानीमा चिनमाथि लगाएको प्रतिबन्धप्रति ‘गम्भीर चिन्ता’ व्यक्त गरेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया