Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘युक्रेनमा युद्ध सुरू भएपछि ३७ हजारभन्दा बढी व्यक्ति बेपत्ता’

‘युक्रेनमा युद्ध सुरू भएपछि ३७ हजारभन्दा बढी व्यक्ति बेपत्ता’


किएभ, युक्रेन  । युक्रेनले सन् २०२२ को फेब्रुअरीमा रूसको आक्रमण सुरु भएयता सैनिकसहित करिब ३७ हजार व्यक्ति ‘बेपत्ता’ रहेको मङ्गलबार जनाएको छ ।

रूसी सेना अझै पनि युक्रेनको पाँच भागको एक भागमा उपस्थित रहेकाले हराइरहेकाहरूको सही संख्या गणना गर्न कठिन छ । कुनै पनि पक्षले नियमितरूपमा सैन्य हताहतको तथ्याङ्क औपचारिकरूपमा सार्वजनिक गर्दैन ।

‘बालबालिका, सर्वसाधारण र सेनागरी करिब ३७ हजार मानिस बेपत्ता भएका छन् । यो संख्या अझै धेरै हुन सक्छ,’ युक्रेनका मानव अधिकार आयुक्त दिमित्रो लुबिनेट्सले भने । युक्रेन र रेडक्रसले सन् २०१४ मा मस्को समर्थित पृथकतावादीसँग युद्ध सुरु भएयता रूसले गैरकानुनीरूपमा हिरासतमा लिएका करिब एक हजार सात सय व्यक्तिको पहिचान गरेको उनले बताए ।

मानव अधिकारवादी समूहहरूले रूसले कब्जा गरेको क्षेत्रमा बालबालिकालाई जबर्जस्ती बेपत्ता पारेको र अपहरण गरेको आरोप लगाएका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया