Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी वित्त घाटाले विश्व अर्थतन्त्र जोखिममा

अमेरिकी वित्त घाटाले विश्व अर्थतन्त्र जोखिममा


वासिङ्टन डिसी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अमेरिकी वित्तमा देखिएको घाटाको कारण मुद्रास्फीति बढेको र त्यसले अर्थतन्त्रमा महत्वपूर्ण जोखिम खडा गरेको भन्दै चेतावनी दिएको छ । आईएमएफले सार्वजनिक गरेको एक प्रतिवेदनमा यो चेतावनी उल्लेख छ ।

आईएमएफको बेन्चमार्क फिस्कल मनिटरले देखाएको छ कि अमेरिकाको वित्त घाटा आगामी वर्ष जीडीपीको सात दशमलव एक प्रतिशत पुग्नेछ । जबकि अन्य उन्नत अर्थव्यवस्थाहरूको लागि यसको औसत स्तर दुई प्रतिशत मात्रै छ ।

अमेरिकामा ठूलो खर्चले विश्वव्यापी अर्थतन्त्रमा गहिरो प्रभाव पार्ने र अन्य अर्थतन्त्रमा जोखिम निम्त्याउन सक्ने जोखिम छ । आईएमएफले अमेरिकालाई खर्च र राजस्वबीचको गम्भीर असन्तुलनलाई सम्बोधन गर्न आग्रह गरेको छ । युरोजोनजस्ता उन्नत अर्थतन्त्र भएका मुलुकहरूले वित्तीय घाटा नियन्त्रणमा राखेका थिए । तर अमेरिकाले सन् २०२२को स्तरभन्दा दोब्बर बढी जीडीपीको आठ दशमलव आठ प्रतिशत घाटाको वित्तीय स्लाइड अनुभव गरेको थियो ।

आईएमएफका प्रमुख अर्थशास्त्री पियरे–ओलिभियर गौरिन्चसले अमेरिकी बजेट अडानले विश्वको अर्थतन्त्रमा दीर्घकालीन वित्तीय स्थिरता जोखिम सिर्जना गरेको बताएका छन् । तर आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले गत साता बिहीबार अमेरिकी उच्च ब्याजदरका कारण डलर बलियो भएको बताएकी थिइन् ।

आईएमएफले भनेको छ कि यदि अमेरिकी ब्याजदर अझ तीव्ररूपमा बढ्यो भने विश्वव्यापी सरकारी ऋणको भार बढ्ने छ भने उदयीमान विकासशील अर्थतन्त्रमा मुद्रा उतार–चढावको स्थिति हुनेछ । ब्याजदरको असर फैलिँदै जाँदा सानो अर्थतन्त्र भएका देशहरूले सामना गर्नुपर्ने जोखिम बढाउन सक्छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया