Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान

एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान


मनिला  । एसियाली विकास बैंक (एडीबी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले विकासोन्मुख एसिया र प्रशान्त क्षेत्रमा ६० वर्ष वा सोभन्दा माथिका मानिसको संख्या सन् २०५० सम्ममा झण्डै दोब्बर पुग्ने अनुमान गरेको छ ।

आगामी दिनमा वृद्धवृद्धाहरूको स्वास्थ्य सेवा र हितलाई सघाउन व्यापक नीतिगत सुधारमा तुरुन्तै लाग्न पनि प्रतिवेदनले सुझाएको छ । एडीबीका प्रमुख अर्थशास्त्री अल्बर्ट पार्कले एशिया र प्रशान्तको तीव्र विकास एक सफलताको कथा भएको तर यसले ठूलो जनसांख्यिकीय परिवर्तनलाई उत्प्रेरित गरिरहेको बताएका छन् । प्रतिवेदनले यस क्षेत्रका धेरै वृद्धवृद्धाहरूसँग बाँच्नका लागि सेवा निवृत्तिको उमेर नाघेपछि पनि काम गर्नुको विकल्प नभएको उल्लेख गरेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया