Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारम्यान्मारद्वारा एक वर्षमा पाँच लाख टन हरियो चना निर्यात

म्यान्मारद्वारा एक वर्षमा पाँच लाख टन हरियो चना निर्यात


म्यानमार । म्यान्मारले आर्थिक वर्ष २०२३/२४ मा पाँच लाख तीन हजार नौ सय ७० टन हरियो चना निर्यात गरेको छ । चना निर्यातबाट ३३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी कमाएको म्यान्मारको वाणिज्य मन्त्रालयले बुधबार जारी गरेको तथ्यांकमा उल्लेख छ ।

गतवर्ष अप्रिल १ देखि सुरु भई यही मार्च ३१ मा सकिएको आर्थिक वर्षमा म्यान्मारले चार लाख ४६ हजार सात सय ८१ टन हरियो चना समुद्री मार्गबाट ढुवानी गरेको छ ।

म्यान्मार दाल, सिमी, मकै र तिलको बीउ व्यापारी संघका म्यान्मारमा अक्टोबरमा सुरु हुने जाडो मौसम र अगस्टमा सुरु हुने वर्षाको मौसममा गरी दुई मौसममा हरियो चनाको उब्जनी गरिन्छ ।

म्यान्माले चीन, भारत, इन्डोनेसिया, मलेसियालगायत देशमा हरियो चना निर्यात गरेको संघले जनाएको छ । आर्थिक वर्षमा म्यान्मारले १७ लाख ६० हजार टन सिमी र दालको निर्यातबाट एक अर्ब ४८ करोड अमेरिकी डलर कमाएको वाणिज्य मन्त्रालयको तथ्यांकले देखाएको छ । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया