Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकामा मुद्रास्फीति दर बढ्ने संकेत

अमेरिकामा मुद्रास्फीति दर बढ्ने संकेत


वासिङ्टन डिसी । अमेरिकी आयात मूल्य बढेका कारण घरेलु मुद्रास्फीति दर केही समयको लागि माथि रहने संकेत देखिएको छ । ऊर्जा उत्पादन र अन्य सामानहरुको लागि बढ्दो लागतको बीचमा अप्रिलमा आयात लागत दुई वर्षयता सबैभन्दा बढी बढेको छ ।

अप्रिलमा आयात मूल्य शून्य दशमलव नौ प्रतिशत बढेको छ । श्रम तथ्यांक ब्युरोले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२२ पछि सबैभन्दा बढी आयात मूल्य बढेको छ । अर्थशास्त्रीहरुले अप्रिलमा आयात मूल्यहरु शून्य दशमलव चार प्रतिशतले बढ्ने अनुमान गरेका थिए ।

आयातित इन्धनको मूल्य अप्रिलमा दुई दशमलव चार प्रतिशत बढेको छ । यस्तै आयातित खाद्यान्नको मूल्य अप्रिलमा एक दशमलव सात प्रतिशत बढेको छ । इन्धन र खाद्यान्नबाहेकक आयात मूल्यहरु शून्य दशमलव छ प्रतिशत बढेको छ । आयातित पुँजीगत वस्तुको मूल्य शून्य दशमलव एक प्रतिशतले बढेको छ । गाडी, पार्टपुर्जा र इन्जिनको मूल्य शून्य दशमलव तीन प्रतिशतले बढेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x