Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदक्षिण कोरियाले चिप्स उद्योगमा १९ अर्ब डलर खर्च गर्ने

दक्षिण कोरियाले चिप्स उद्योगमा १९ अर्ब डलर खर्च गर्ने


सियोल । दक्षिण कोरियाले सेमिकन्डक्टर उद्योगलाई प्रोत्साहन गर्न १९ अर्ब डलर खर्च गर्ने भएको छ । कोरियाली राष्ट्रपति युन सुक योलले बिहीबार यस्तो घोषणा गरेका हुन् ।

दक्षिण कोरियाले गतवर्ष चार खर्ब ५६ अर्ब अमेरिकी डलर निजी लगानी प्रयोग गरेर विश्वकै सबैभन्दा ठूलो सेमीकन्डक्टर उद्योग निर्माण गर्ने बताएको थियो । यही योजनाअन्तर्गत बिहीबार राष्ट्रपति योलले २६ ट्रिलियन कोरियन वोनबराबरको सेमिकन्डक्टर उद्योग निर्माणका लागि कार्यक्रम तय गरिएको बताएका हुुन् ।

राष्ट्रपति योलले रोजगारी बढाउने र उद्योगमा थप प्रतिभा आकर्षित गर्ने अपेक्षासहित लगानी विस्तार गर्ने बताएका छन् । नयाँ प्याकेजका लागि कोरिया विकास बैंकमार्फत १७ ट्रिलियन वोनको नयाँ सेमिकन्डक्टर वित्तीय सहायता कार्यक्रम सञ्चालन हुने र यसले नयाँ लगानीलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

हाल दक्षिण कोरियामा विश्वमै सबैभन्दा धेरै मेमोरी कार्ड र चिप्स उत्पादन गर्ने सामसुङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सजस्ता ख्यातिप्राप्त कम्पनीहरु सञ्चालनमा छन् । सियोलले यस महिनाको सुरुमा चिप उद्योगलाई सहयोग गर्न सात अर्ब डलर बढीको सहयाता प्याकेज स्थापना गर्ने घोषणा गरेको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x