Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसिरियामा २७ प्रतिशत जनसंख्या ‘चरम गरिबी’मा

सिरियामा २७ प्रतिशत जनसंख्या ‘चरम गरिबी’मा


सिरिया । विश्व बैंकले सिरियामा चारमध्ये एक नागरिक चरम गरिबीमा बाँचिरहेको जनाएको छ । शनिबार सार्वजनिक गरेको रिपोर्टमा विश्व बैंकले गृहयुद्धमा फसेको सिरियाली अर्थतन्त्र खराब बनेको र लाखौँ मानिस ‘चरम गरिबी’को सामना गरिरहेको उल्लेख गरेको छ ।

सिरियामा १३ वर्षदेखि विनाशकारी गृहयुद्ध जारी छ । यही कारण त्यहाँको अर्थतन्त्र खराब अवस्थामा पुगेको हो । विश्व बैंकले २७ प्रतिशत अर्थात् ५७ लाख सिरियाली नागरिक चरम गरिबीमा बाँचिरहेको जनाएको हो ।

गृहयुद्धमा रहेको सिरियामा गतवर्षृ गएको विनाशकारी भूकम्पका कारण अवस्था थप खराब भएको रिपोर्टमा उल्लेख गरिएको छ । गतवर्ष भूकम्पका कारण करिब छ हजार मानिसको मृत्यु भएको थियो । अरब राष्ट्र सिरियामा द्वन्द्व अघि चरम गरिबी लगभग अस्तित्वहीन थियो ।

संयुक्त राष्ट्र संघका अनुसार करिब ९० प्रतिशत सिरियालीहरू गरिबीमा बाँचिरहेका छन् भने एक दशकभन्दा लामो युद्धपछि करिब २० लाख मानिस चरम गरिबीमा बाँचिरहेका छन् ।

सिरियामा जारी गृहयुद्धले अर्थतन्त्र, पूर्वाधार र उद्योगधन्दा समेतलाई तहसनहस बनाएको छ भने पश्चिमा प्रतिबन्धले सिरियाको समस्या बढाएको छ ।

संयुक्त राष्ट्र संघले यसअघि एएफपीलाई सन् २०२४ का लागि सिरियाका लागि मानवीय सहायता योजनाका लागि चार अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने बताएको थियो ।

सन् २०२३ मा सिरियाको कुल गार्हस्थ्य उत्पादन छ दशमलव दुई अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ । जुन सन् २०२२ को तुलनामा एक दशमलव दुई प्रतिशतले कम हो । सन् २०२४ मा थप एक दशमलव पाँच प्रतिशतले जीडीपी खुम्चिने अनुमान गरिएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x