Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको औद्योगिक नाफा चार दशमलव तीन प्रतिशत बढ्यो

चीनको औद्योगिक नाफा चार दशमलव तीन प्रतिशत बढ्यो


बेइजिङ  । चीनको प्रमुख औद्योगिक कम्पनीहरुको नाफा गत जनवरीदेखि अप्रिलसम्म चार दशमलव तीन प्रतिशतले बढेको छ । राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार कम्तीमा २० मिलियन युआन (२.८१ अमेरिकी डलर)को वार्षिक व्यापार राजस्व भएका औद्योगिक फर्महरुले यस वर्षको पहिलो चार महिनामा दुई दशमलव शून्य नौ ट्रिलियन युआन नाफा कमाएका छन् । अप्रिलमा प्रमुख औद्योगिक फर्महरुको नाफा मार्चमा साढे तीन प्रतिशतको वार्षिक गिरावटबाट चार प्रतिशतले बढेको छ ।

राष्ट्रिय तथ्यांक ब्युरोका तथ्यांकविद् यु वेनिङले बजारको माग सुध्रिँदै गएपछि औद्योगिक उत्पादनमा वृद्धि भइरहेको, कारखानाको उत्पादन मूल्य घट्दै गइरहेको र उत्पादन र बिक्रीबीचको समन्वयमा सुधार भएको बताएका छन् । यसले राजस्वमा समेत सुधार आइरहेको छ ।

अप्रिलमा औद्योगिक उद्यमहरुको सञ्चालन आम्दानी वार्षिकरुपमा तीन दशमलव तीन प्रतिशतले बढेको छ । मार्चमा एक दशमलव दुई प्रतिशतले घटेको थियो ।

यस वर्ष गतवर्षको सोही अवधिको तुलनामा ७० प्रतिशतभन्दा बढी उद्योगले नाफामा सकारात्मक वृद्धि भएको महसुस गरेका छन् ।

जनवरीदेखि अप्रिलसम्म उपकरण उत्पादन उद्योगको नाफा १६ दशमलव तीन प्रतिशतले बढेको छ । जुन औद्योगिक क्षेत्रको सबैभन्दा धेरै नाफा हो । विशेष गरी इलेक्ट्रोनिक्स उत्पादनको माग र उत्पादनको द्रुट वृद्धिले नाफामा उच्च वृद्धि भएको हो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x