Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको वैदेशिक व्यापार बढ्यो

चीनको वैदेशिक व्यापार बढ्यो


बेइजिङ । चीनको वैदेशिक व्यापार सन् २०२४ को पहिलो पाँच महिनामा छ दशमलव तीन प्रतिशतले बढेको छ । पाँच महिनामा चीनको वैदेशिक व्यापार १७ दशमलव पाँच ट्रिलियन युआन (दुई दशमलव ४६ ट्रिलियन अमेरिकी डलर) भएको छ । विशेषगरी निर्यात छ दशमलव एक प्रतिशत बढेर नौ दशमलव ९५ ट्रिलियन युआन पुगेको छ । आयात छ दशमलव चार प्रतिशत बढेर सात दशमलव ५५ ट्रिलियन युआन पुगेको छ ।

भन्सार विभागको तथ्यांक तथा विश्लेषण विभागका निर्देशक ल्यु डालियाङले यस वर्षको सुरुदेखि नै चीनको अर्थतन्त्र उकालो लागिरहेको बताएका छन् । यही कारण वैदेशिक व्यापारको स्थिति सकारात्मक देखिएको उनले बताए ।

मे महिनामा मात्रै चीनको वैदेशिक व्यापार आठ दशमलव छ प्रतिशत बढेको छ । मे महिनामा मात्रै कुल आयात र निर्यातको मात्रा तीन दशमलव ७१ ट्रिलियन युआन पुगेको छ । मे महिनामा मात्रै निर्यात ११ दशमलव दुई प्रतिशत बढेर दुई दशमलव १५ ट्रिलियन र आयात पाँच दशमलव दुई प्रतिशत बढेर एक दशमलव ५६ ट्रिलियन युआनको व्यापार भएको छ ।

जेएलएल ग्रेटर चाइनाका प्रमुख अर्थशास्त्री ब्रुस प्याङले भनेका छन् कि चीनको निर्यातले मे महिनामा कडा वृद्धि जारी राखेको छ । यसको कारण प्रतिस्पर्धी वस्तुहरू, चिनियाँ युआनको अनुकूल विनिमय दर र ट्यारिफ वृद्धि अघि प्रारम्भिक ढुवानी रहेको बताइएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार पहिलो पाँच महिनामा जहाज, विद्युतीय कार र घरेलु उपकरणको निर्यात क्रमशः एक सय एक प्रतिशत, २६ दशमलव तीन प्रतिशत र १७ दशमलव आठ प्रतिशतले बढेको छ ।

पाङले आगामी महिनाहरूमा उच्च निर्यात वृद्धि हुने अपेक्षा गरिएको पनि बताएका छन् । बलियो अमेरिकी डलरले युआनलाई कमजोर राख्ने र निर्यातकर्ताहरूलाई तेस्रो देशहरूमार्फत चाँडै ढुवानी गर्न वा पुनरुत्थान गर्न प्रेरित गर्नेछ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x