Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतका प्रधानमन्त्री मोदीले लिए पद तथा गोपनीयताको शपथ

भारतका प्रधानमन्त्री मोदीले लिए पद तथा गोपनीयताको शपथ


नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार राष्ट्रपति भवनका आयोजित समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्री मोदीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

मोदी नेसनल डेमोक्रेटिक अलायन्सको तर्फबाट प्रधानमन्त्री बनेका हुन् । लोकसभा चुनावमा उनको दल भाजपाले एकल बहुमत नल्याएपछि उनले गठबन्धनबाट प्रधानमन्त्री बनेका हुन् । राष्ट्रपति मुर्मुले मोदीलाई शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।

प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’सहित दक्षिण एसियाका केही मुलुकका राष्ट्र प्रमुख र प्रधानमन्त्री पुगेका थिए । प्रधानमन्त्री मोदी यसअघि सन् २०१४ र २०१९मा प्रधानमन्त्री नियुक्त भएका थिए ।

शपथग्रहणलगत्तै प्रधानमन्त्री मोदीले महत्वपूर्ण मन्त्रालयमा पुरानै मन्त्रीहरुलाई दोहो¥याएका छन् । राजनाथ सिंह, अमित शाह, नितिन गडकरी, जेपी नाड्डा, शिवराज सिंह चौहान, निर्मला सीतारमण, एस जयशंकर, मनोहरलाल खट्टर, एसडी कुमारस्वामी, पियुष गोयल, धर्मेन्द्र प्रधान, जीतनराम माझीलगायत क्याबिनेट मन्त्री बनेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x