Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना भाइरसबाट मृत्यु हुनेको संख्या छ लाख ६४ हजार नाघ्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या छ लाख ६४ हजार नाघ्यो


काठमाडौं, साउन १५
विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ६४ हजार ६ सय २ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बुधबार जानकारी दिएको छ । सो संगठनका अनुसार बुधबारसम्म विश्वभरीमा एक करोड ६९ लाख ५६ हजार २ सय ८८ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

संक्रमितमध्ये हालसम्म एक करोड ५ लाख ६ हजार २ सय ९० व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५७ लाख ८५ हजार ३ सय ९६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । संक्रमितमध्ये ६६ हजार ५ सय १८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४५ लाख १ सय ३० जना कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५२ हजार ३ सय ८८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण मंगलबार एकै दिनमा एक हजार ५ सय ९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ । गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको छ ।

दक्षिण अमेरिकामा ३८ लाख ५६ हजार ७ सय ४४ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ एक लाख ३७ हजार ३ सय ६१ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५२ लाख ८० हजार ५ सय ६२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ दुई लाख १२ हजार ६ सय ४४ जनाको मृत्यु भएको छ । युरोपमा २८ लाख २४ हजार ९ सय ९५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख दुई हजार ३ सय ४६ को मृत्यु भएको छ ।

एसियामा ४० लाख ९७ हजार १ सय ३८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९३ हजार ४ सय ७२ जनाको मृत्यु भएको छ । अफ्रिकामा आठ लाख ७८ हजार ८ सय १५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १८ हजार ५ सय ६६ जनाको मृत्यु भएको छ । ओसियानामा १७ हजार ३ सय १३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय ९८ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x