चीनले आठ सय ५९ विदेशी सामग्रीमा आयात कर कटौती गर्ने
बेइजिङ, पुस ८
चीनले अर्को वर्ष सयौँ वस्तुको आयात कर कटौती गर्ने भएको छ । यसमा सुंगुरको मासुदेखि उच्च प्रविधि सामग्री सामेल छन् । बीबीसीका अनुसार चीनले देशको अर्थतन्त्रलाई सहयोग गर्ने गरी कर कटौती गर्न लागेको हो । यसबारे एक वक्तव्यमा चिनियाँ अधिकारीहरुले ८ सय ५९ वस्तुको आयात शुल्क आगामी जनवरीदेखि कटौती हुने बताएका छन् ।
चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । स्थानीय उद्योगलाई संरक्षण गर्न चीनले आयातित वस्तुमा उच्च कर लगाउँदै आएको थियो । पछिल्लो एक वर्षयता चीनले अमेरिकी व्यापारयुद्धको सामना गरिरहेको छ । सोही कारण आन्तरिक रुपमा चिनियाँ अर्थतन्त्रसामु चुनौतीहरु देखिनथालेका छन् । घरेलुबजारमा अभाव हुनसक्ने वस्तुहरुको आयात कर कटौती गर्न लागिएको चिनियाँ अर्थ मन्त्रालयले जनाएको छ ।
यसअनुसार कतिपय देशबाट आयात गरिने फ्रिज गरिएका सुंगुरको मासुमा ८ देखि १२ प्रतिशतसम्म कटौती हुनसक्नेछ । केहीअघि मात्रै चीनमा अफ्रिकन स्वाइन फिभरका कारण सुंगुरको मासु अभाव भएको थियो । उक्त रोगले चीनको आधाजसो सुंगुरमा असर गरेको थियो भने देशको मासु उद्योगले धेरै आर्थिक नोक्सानी व्यहोरेका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया