Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियविशाल क्षुद्रग्रह ४४ हजार किमि प्रतिघण्टा गतिमा पृथ्वीको नजिक आउँदै

विशाल क्षुद्रग्रह ४४ हजार किमि प्रतिघण्टा गतिमा पृथ्वीको नजिक आउँदै


अमेरिका, पुस ८
एक विशाल क्षुद्रग्रहले आगामी बिहीबार पृथ्वीको नजिक भएर तीव्र गतिमा अन्तरिक्ष यात्रा गर्ने भएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार विशाल अन्तरिक्ष चट्टान ६ सय २० मिटरको रहेको छ । यस्ता कैयौँ क्षुद्रग्रहहरु पृथ्वीको नजिक हुँदै जाने गरेका छन् । त्यसरी क्षुद्रग्रह आउँदा नासाले हरेकचोटि जानकारी दिने गरेको छ ।

कतिपय अवस्थामा त एकै दिन धेरै यस्ता क्षुद्रग्रहहरु पृथ्वीनजिक भएर जाने गरेका छन् । गत नोभेम्बर १ तारिखमा पनि यस्तै विशाल क्षुद्रग्रह पृथ्वीको नजिकै आएर गएको थियो । यसले पृथ्वीमा कुनै नोक्सानी गरेको थिएन । नासाका अनुसार उक्त क्षुद्रग्रहले पृथ्वीसँग नजिक भएर अन्तरिक्ष यात्रा गर्नेछ । यस क्षुद्रग्रहको नाम नासाले २०००सीएच५९ दिएको छ ।

सन् २००० मा पहिलोपटक पत्ता लागेका कारण यसको नाम २०००सीएच५९ दिइएको हो । यो करिब ९१९ फिटदेखि २ हजार ३४ फिटसम्मको रहेको छ । वैज्ञानिकहरुले उक्त क्षुद्रग्रह १ हजार ६३ फिटको आईफल टावर र १ हजार ४ सय ५३ फिटको एम्पायर स्टेट बिल्डिङभन्दा ठूलो रहेको बताएका छन् ।

नासाका अनुसार यसको गति ४४ हजार १ सय ७२ किमि प्रतिघण्टा हुनेछ । यो क्षुद्रग्रहले पृथ्वीभन्दा ७२ लाख ९१ हजार ४ सय किमि माथिबाट आफ्नो यात्रा गर्नेछ । यो भनेको चन्द्रमासँगको दूरीभन्दा १९ गुणा टाढा हो । सोही कारण यसले पृथ्वीलाई कुनै नोक्सानी नपु-याउने बताइएको छ । तर खगोलशास्त्रीहरुको भनाइमा भने यो पृथ्वीको धेरै नै नजिकको दूरी हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया