लेबनान, पुस १६
लेबनानी कुल जनसङ्ख्याको झण्डै ५५ प्रतिशत नागरिक गरीब रहेका लेबनानबारे गहिरो अध्ययन गरेका एक जना अनुसन्धाताले बताएका लेबनानको एलबीसीआई टिभीले आइतबार जनाएको छ । ‘लेबनानी जनसंख्याको एक चौँथाइ जनसङ्ख्याले उनीहरूका लागि आवश्यक पर्ने निम्नतम खाद्यान्नको मागलाई पूरा गर्न कठिनाई पर्ने गरेको र ३० प्रतिशत नागरिकमा मात्र खाद्यान्नको अभाब नहुने तर खाद्यान्न बाहेक उपचारका लागि पनि थप खर्च नरहने गरेको छ’, अन्तर्राष्ट्रिय सूचनासम्बन्धी संस्थाका अनुसन्धाता मोमम्मद चामसेद्दिनले बताए ।
चाम्सेद्दिनका अनुसार २५ प्रतिशतभन्दा बढी लेबनानी बेरोजगार रहेका छन् । उनले भने, ‘यदि सरकारले मुलुकमा गरिबी निवारणका लागि आर्थिक तथा वित्तीय बिषयमा छिटो समाधान नखोज्ने हो भने यो तथ्यांक बढ्ने निश्चित छ ।’ उनले थपे, ‘विगत दुई महिनाको अवधिमा करिब १० हजार मानिसको रोजगारी गुमिसकेको छ ।’ लेबनान अहिले गम्भीर आर्थिक तथा वित्तीयरूपमा फसेको र यसका लागि विगत ३० वर्षका सरकारको नीतिगत असफलता मान्ने गरिएको छ । सरकारले उद्योग तथा कृषिजस्ता उत्पादन क्षेत्रमा खासै गम्भीरता नदेखाउनु नै लेबनानको आर्थिक सङ्कटका मुख्य कारक मानिन्छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया