Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियहुवावेलाई नयाँ वर्ष कठिन, २०१९ को आम्दानी १८ प्रतिशतले बढ्ने

हुवावेलाई नयाँ वर्ष कठिन, २०१९ को आम्दानी १८ प्रतिशतले बढ्ने


शांघाई, पुस १६
स्मार्टफोन तथा दूरसञ्चार सामग्री निर्माता कम्पनी हुवावेले चालू वर्षको आम्दानी १८ प्रतिशतले बढ्ने बताएको छ । उक्त दरमा आम्दानी बढेर यो वर्ष कम्पनीले १ खर्ब २१ अर्ब अमेरिकी डलर पुग्ने मंगलबार बताएको हो । यो अनुमान पूर्वानुमानभन्दा कम हो । अमेरिकाले कम्पनीलाई कालोसूचीमा राखेका कारण आम्दानी अनुमान घटेको बताइएको छ ।

विश्वकै ठूलो दूरसञ्चार सामग्री निर्माता चिनियाँ कम्पनी स्मार्टफोनका लागि विश्वकै दोस्रो उत्पादक समेत हो । तर गत मे महिनामा अमेरिकाले कम्पनीलाई कालोसूचीमा राख्दै अमेरिकी कम्पनीसँग कारोबार गर्न रोकेपछि त्यसले कम्पनीलाई प्रभाव पारिरहेको छ । सोही कारण अमेरिकी कम्पनी गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम हुवावेका नयाँ स्मार्टफोनमा उपलब्ध छैन ।

अमेरिकी सरकारले हुवावेका सामग्रीले अमेरिकी राष्ट्रिय सुरक्षामा असर गर्ने दाबी गर्दै आएको छ । खासगरी हुवावेको सामग्रीबाट चीनले जासुसी गरिरहेको आरोप लाग्दै आएको छ । हुवावेका एक प्रमुख एरिक सुले नयाँ वर्षको सन्देश कर्मचारीलाई दिने क्रममा नयाँ वर्ष कम्पनीका लागि कठिन वर्ष भएको बताएका हुन् । कम्पनीले चालू वर्षमा १८ प्रतिशतले आम्दानी वृद्धि हुने बताएको छ । जुन सन् २०१८ को भन्दा कम हो । गत वर्ष कम्पनीको आम्दानी १९.५ प्रतिशतले बढेको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया