बर्खास्तीमा परेका निशानका पूर्वप्रमुख लेबनान पुगे
बेरुत/टोकियो, पुस १६
बर्खास्तीमा परेका सवारीसाधन निर्माता निशानका पूर्वप्रमुख कार्लोस गोसन लेबनान पुगेका छन् । जापानको न्यायप्रणालीको आलोचना गर्दै गोसन मंगलबार लेबनान पुगेका हुन् । यद्यपि उनले आफू न्यायिक प्रणालीबाट नभागेको बताएका छन् । उनी केही समयअघि पक्राउ परेर धरौटीमा रिहा भएका थिए ।
उनीसँग फ्रेन्च, ब्राजिलियन र लेबनिज नागरिकता रहेको छ । यद्यपि उनी कसरी जापानबाट उम्किए भन्ने खुलेको छैन । लेबनानले गोसन कानुनी रुपमै प्रवेश गरेको बताएको छ । उनी टर्कीको इस्तानबुलबाट निजी विमानमा लेबनान पुगेको बताइएको छ । जापानले अमेरिका र दक्षिण कोरियासँग मात्रै सुपुर्दगी सन्धि गरेको कारण उनी लेबनानमै रहने निश्चितप्रायः छ । उनी सन् २०१८ को नोभेम्बरमा पहिलोपटक टोक्योमा पक्राउ परेका थिए ।
उनीविरुद्ध जापानमा चार अभियोगमा मुद्दा चलिरहेको छ । यद्यपि उनले आफूविरुद्धको आरोप अस्वीकार गर्दै आएका छन् । उनलाई कम्पनीले आन्तरिक अनुसन्धानमा दोषी देखिएको भन्दै बर्खास्त गरेको थियो । उनले प्रमुख कार्यकारी हुँदा रकम हिनामिना गरेको आरोप छ । गोसन मार्चमा ९० लाख अमेरिकी डलर धरौटी राखेर रिहा भएका थिए । तर फेरि उनी पक्राउ परेका थिए । पछि फेरि अप्रिलको अन्त्यतिर उनलाई रिहा गरिएको थियो । उनलाई जापान छोड्ने अनुमति पनि थिएन ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया