Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियचीनले अफ्रिकामा चामल बेच्दा भारतलाई ‘टेन्सन’ !

चीनले अफ्रिकामा चामल बेच्दा भारतलाई ‘टेन्सन’ !


नयाँ दिल्ली., पुस २०
विश्वकै ठूलो चामल निर्यात गर्ने देश भारतलाई अफ्रिकी बजारमा चीनले चुनौती दिएको छ । भारतीय मिडियाका अनुसार चीनले अफ्रिकी बजारमा सस्तो दरमा चामल बेच्न थालेपछि भारतलाई अप्ठ्यारो परेको हो । अफ्रिका भारतको सबैभन्दा ठूलो बजार भए पनि चीनले कारोबार सुरु गरेपछि भारतको नयाँ प्रतिस्पर्धीको आगमन भएको छ । चीनले अफ्रिकामा भारी मात्रामा चामल पु-याइसकेको छ ।

नवभारत टाइम्सका अनुसार चीनले आफ्नो सञ्चित चामल अफ्रिकामा बिक्री गरिरहेको छ । चीनले गत छ महिनामा ३० लाख टन सञ्चित चामल निर्यात गरिसकेको छ । उक्त चामल सिधै अफ्रिका पुगेको छ । भारतले भने करिब ४ सय डलर प्रतिटनको सामान्य चामल निर्यात गरेको छ । चिनियाँ चामलकै कारण भारतीय बासमती चामलको माग समेत घटेको भारतीय अधिकारीले बताएका छन् ।

चीनले ३ सय २० डलर प्रतिटनको दरमा गैरबासमती चामल निर्यात गरेको छ । उक्त दरमा भारत र चीनबीचको धेरै नै अन्तर रहेको छ । यसले भारतीय चामल निर्यात प्रभावित हुने भएकाले भारतलाई चिन्ता परेको हो । चालू आर्थिक वर्षमा पछिल्लो वर्षको तुलनामा भारतको गैरबासमती चामलको निर्यात समेत ३५ प्रतिशतले घटिसकेको छ । भारतले अप्रिलदेखि नोभेम्बरसम्मको अवधिमा ९० अर्बको गैरबासमती चामल निर्यात गरेको छ । सन् २०१८ मा भारतले १ खर्ब ४० अर्बको चामल निर्यात गरेको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया