अमेरिकाको व्यापारघाटा घट्यो
वासिङ्टन, पुस २३
अमेरिकाको व्यापारघाटा तीन वर्षयताकै न्यून विन्दुमा झरेको छ । आयातमा उच्च गिरावट आएसँगै व्यापारघाटा घटेको अमेरिकी वाणिज्य विभागले जनाएको छ । नोभेम्बर महिनामा तीन वर्षयताकै न्यूनविन्दुमा व्यापारघाटा झरेको हो । विभागको उक्त रिपोर्टले अमेरिकी अर्थतन्त्र दिनप्रतिदिन सुधार भइरहेको देखिएको हो । मंगलबार सार्वजनिक रिपोर्टअनुसार व्यापारघाटा ८.२ प्रतिशत अर्थात् ४३ अर्ब अमेरिकी डलर घटेको हो । जुन सन् २०१६ अक्टोबरयताकै कम हो । नोभेम्बरमा व्यापारघाटा शून्य दशमलव ७ प्रतिशतले खुम्चिन पुगेको छ भने सन् २०१३ यता पहिलो वर्षगत गिरावट भएको रोयटर्सले जनाएको छ । उपभोग्य वस्तु आयात घटेपछि घरेलु उत्पादन माग बढेको छ ।
ट्रम्प प्रशासनले लिएको अमेरिका पहिलो भन्ने नीतिको असरस्वरुप चीनसँगको व्यापारघाटा १५.७ प्रतिशत अर्थात् २६ अर्बमा समेटिएको छ । त्यस्तै चीनबाट आयात ९.२ प्रतिशतले घटेको छ भने निर्याेत १३.७ प्रतिशतले बढेको छ । युरोपेली संघसँगको व्यापारघाटा पनि २०.२ प्रतिशत अर्थात् १३ अर्ब डलरले कम भएको छ । अमेरिकाले व्यापारघाटा घटाउन चीन, युरोपेलीसँग, ब्राजिल र अर्जेन्टिनासँग विवाद गर्दै आएको छ । आफ्नो मुद्रा कमजोर बनाएको आरोप ट्रम्प प्रशासनले लगाउँदै आएको छ ।
चीनसँग व्यापार विवादमा रहेको अमेरिकाले डिसेम्बरमा पहिलो चरणको व्यापार सहमति गरेको थियो । उक्त सहमतिपत्रमा आगामी १५ तारिखमा हस्ताक्षर हुने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरिसकेका छन् । १८ महिनासम्म चलेको व्यापारयुद्धले व्यावसायिक लगानीमा ठूलै असर गरेको थियो । यसले विश्व अर्थतन्त्रको वृद्धिदरमा समेत अंकुश लगाएको थियो ।
नोभेम्बरमा वस्तु व्यापारघाटा ३ अर्बले घटेर ७५ अर्ब डलरमा झरेको छ । यो सन् २०१७ मार्चयताकै कम हो । उक्त महिनामा वस्तु आयात १.४ प्रतिशत अर्थात् २ खर्ब डलरले घटेको छ । यो निरन्तर तेस्रो महिना हो । उपभोग्य वस्तु आयात पनि १ अर्ब डलरले घटेको बताइएको छ । आयात घट्नुमा सेप्टेम्बर १ मा थपिएको १५ प्रतिशत थप करले काम गरेको हुनसक्ने विज्ञहरुको भनाइ छ । त्यस्तै नोभेम्बरमा वस्तु निर्यात शून्य दशमलव ७ प्रतिशत अर्थात् १ खर्ब ३७ अर्ब डलरले वृद्धि भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया