Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियचिनियाँ मोबाइल शिपमेन्ट ६.२ प्रतिशतले घट्यो

चिनियाँ मोबाइल शिपमेन्ट ६.२ प्रतिशतले घट्यो


बेइजिङ, पुस २८
चीनको मोबाइल फोन शिपमेन्ट (जहाजबाट आपूर्ति) ६.२ प्रतिशतले घटेको छ । सन् २०१९ मा उक्त दरमा मोबाइल शिपमेन्ट घटेर ३८ करोड ९० लाख युनिटमा झरेको चिनियाँ एकेडेमी अफ इन्फरमेसन एण्ड कम्युनिकेसन टेक्नोलोजीले तयार पारेको रिपोर्टले देखाएको हो । डिसेम्बरमा मात्रै मोबाइल फोन शिपमेन्ट ३ करोड ४ लाख युनिट पुगेको थियो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.७ प्रतिशतले घटी हो । सीएआईसीटी चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयमातहतको अनुसन्धान संस्था हो ।

सिन्ह्वाका अनुसार गत वर्ष ३५ करोड ९० लाख फोरजी फोनको शिपमेन्ट भएको छ । त्यस्तै, १ करोड ३७ लाख युनिट फाइभजी फोनको शिपमेन्ट भएको छ । सीएआईसीटीका अनुसार स्मार्टफोन शिपमेन्ट पनि वर्षगत तुलनामा ४.७ प्रतिशतले घटेर ३७ करोड २० लाख युनिटमा झरेको छ । स्मार्टफोनले सन् २०१९ मा भएको कुल शिपमेन्टको ९५.६ प्रतिशत हिस्सा लिएको छ । गत वर्ष चीनकै कम्पनीहरुका फोन बढी शिपमेन्ट भएको पनि रिपोर्टले देखाएको छ । करिब ३५ करोड २० लाख चिनियाँ फोन शिपमेन्ट भएका थिए । जुन कुल शिपमेन्टको ९०.७ प्रतिशत हिस्सा हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया