‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
कोलम्बो । श्रीलंकामा अझै एक महिनालाई पुग्ने पेट्रोलियम पदार्थ रहेको सरकारले दाबी गरेको छ । एएनआईका अनुसार प्रधानमन्त्री रनिल विक्रमासिंघेले बिहीबार संसद्लाई सम्बोधन गर्दै आगामी जुन मध्यान्तर सम्मलाई पुग्नेगरि पेट्रोलियम पदार्थ रहेको दाबी गरेका हुन् ।
अहिले नै पेट्रोलियम पदार्थको अभाव नभइसकेको र अहिले भण्डारण गरिएको पेट्रोलियम पदार्थबाट थप एक महिनालाई पुग्ने उनको भनाइ छ । डिजेल, पेट्रोललगायतका पेट्रोलियम पदार्थको चरम अभाव रहेको हल्ला चलेपछि अभाव र महंगी थप बढ्नथालेपछि प्रधानमन्त्री विक्रमासिंघेले यस्तो जवाफ दिएका हुन् ।
उनले पेट्रोलियम पदार्थको प्रयोग घटाउन, किफायती गर्न र बचत गर्न भने सबैलाई आग्रह गरे । तर हाहाकार हुन्छ झैँ गरेर लामो लामो लाइनमा बसेर आवश्यकताभन्दा बढी पेट्रोलियम पदार्थ किनेर घरघरमा बचत गर्न भने आवश्यक नरहेको उनको भनाइ छ ।
पेट्रोलियम पदार्थको अभाव हुने हल्ला चलेपछि पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने पेट्रोल पम्पहरूमा उपभोक्ताको भीड लाग्ने गरेको र अस्वभाविक रुपमा धेरै किन्ने गरेको पाइएको छ ।
उनले देशको आर्थिक अवस्था केही महिनादेखि नै संकटपूर्ण रहेको र त्यो अवस्था दिन प्रतिदिन बिग्रिदै गएको भन्दै यस्तो परिस्थितिमा सबैले आपसमा मिलेर काम गर्नुपर्नेमा पनि जोड दिनु भएको छ । दक्षिण एसियाली मुलुक श्रीलंका यतिखेर आर्थिक तथा राजनीतिक संकटमा गुज्रिएको छ । विशेष गरेर आर्थिक संकट बढेपछि महंगी र अभाव पनि बढेको थियो र त्यही कारणले आम नागरिक आन्दोलित भएका थिए ।
तत्कालीन प्रधानमन्त्री महेन्दा राजापाक्षले राजीनामा दिनुपर्ने माग गर्दै आन्दोलन भएपछि उनले राजीनामा दिएकाले राष्ट्रपति गोटावाय राजापाक्षले केही दिनअघि विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- १९ सय २१ अंकमा खुम्चियो सेयर बजार
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया