Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफाइजरले कम विकसित राष्ट्रमा फाइदा नखाई औषधि बिक्री गर्ने

फाइजरले कम विकसित राष्ट्रमा फाइदा नखाई औषधि बिक्री गर्ने


अमेरिका । अमेरिकी औषधि कम्पनी फाइजरले विश्वका कम विकसित देशहरुमा फाइदा नलिई औषधि बिक्री गर्ने भएको छ । विश्वका ४५ वटा कम आय भएका देशहरुमा बिक्री हुने औषधिमा शून्य फाइदा लिने फाइजरले बताएको बीबीसीले उल्लेख गरेको छ ।

फाइजरको पेटेन्टयुक्त २३ औषधि र खोपहरु यसमा पर्नेछन् । यी औषधि संक्रामक तथा विरलै हुने इन्फ्लेमेटरी डिजिज तथा क्यान्सरको उपचारमा काम लाग्छन् । कम्पनीले नयाा औषधिहरु र खोपहरु पनि यसैगरी बिक्री गरिने जनाएको छ । कोरोनासम्बन्धी उपचारको लागि तयार पारिएका खोपमा कम्पनीले फाइदा लिएको भन्दै चर्को आलोचना भएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया