नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप १९ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १९ हजार आठ सय ९३ जना नयाँ संक्रमित भएका हुन् ।
संघीय स्वास्थ्य मन्त्रालयले यसअघि बुधबार सार्वजनिक गरिएको विवरणमा भारतमा नयाँ संक्रमितको संख्या १७ हजार एक सय ३५ रहेको थियो । भारतमा दैनिक संक्रमितहरुको संख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या एक लाख ३६ हजार चार सय ७८ रहेको छ ।
मन्त्रालयका अधिकारीहरुका अनुसार भारतमा कोराना भाइरसका कारण अहिलेसम्म पाँच लाख २६ हजार पाँच सय ३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २० हजार चार सय १९ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ संक्रमितको संख्या भन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै रहेकाले सक्रिय संक्रमित घटेका छन् । रासस/एएनआई
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया