‘सुरक्षा जोखिम बढेपछि’ अस्ट्रेलियाले चिनियाँ क्यामेरा हटाउने
ब्रिस्बेन । चीनमा निर्मित सुरक्षा क्यामराबाट हुनसक्ने सम्भावित सुरक्षा खतराका बीच अस्ट्रेलियाले ती क्यामेरा हटाउने निर्णय गरेको अस्ट्रेलियाली प्रकाशन ‘द एज’ले जनाएको छ ।
भिक्टोरिया प्रहरीले विदेशी गुप्तचर सूचना संकलनलाई रोक्नका लागि अर्को वर्षको अन्त्यसम्ममा चीनमा निर्मित सबै क्यामेरा प्रतिस्थापन गर्ने पुष्टि गरेको छ । द एजले समाचारमा लेखेको छ, ‘ग्रेटर जिलोङ सहरले चिनियाँ निर्मित सीसीटीभी क्यामेराहरू प्रतिस्थापन गर्दैछ किनकि यस्ता उपकरणहरूको निर्माताहरूले सोधेमा बेइजिङलाई तथ्यांक हस्तान्तरण गर्न बाध्य छन् ।’
द एजका अनुसार प्रहरीबाट अझै पनि राज्यभरि धेरै क्यामेराहरू सञ्चालन भइरहेको र कम जोखिमको रूपमा विचार गरिएको भए पनि क्रमिक रूपमा प्रतिस्थापन गरिने बताएको छ । भिक्टोरियन लिबरल सिनेटर जेम्स प्याटर्सनले सिनेटको अनुमानमार्फत संघीयस्तरमा यस मुद्दालाई अगाडि बढाइरहेका छन् । उनले भिक्टोरिया प्रहरीले २०२४ को अन्त्यअघि सबै चिनियाँ निर्मित क्यामेराहरू प्रतिस्थापन गर्न चाहेको बताए ।
उनले भने, ‘म अझ धेरै तात्कालिकता हेर्न चाहन्छु । यदि यो राष्ट्रिय सुरक्षाको खतरा हो भने, यसलाई सम्बोधन गर्न ढिलाइ गर्नु हुँदैन ।’
यस हप्ताको सुरुमा भिक्टोरियाली प्रशासनले सरकारी स्वामित्वमा रहेका स्थानहरूमा रहेका सबै सुरक्षा क्यामेराहरूको अनुगमन गर्ने बताएको थियो । संघीय सरकारले यसअघि नै कमनवेल्थ विभाग र अष्ट्रेलियन वार मेमोरियलजस्ता स्थानबाट चीनमा निर्मित सयौँ उपकरण हटाइसकेको द एजले जनाएको छ ।
चिनियाँ कम्पनी हिक्भिजन र दाहुआले बनाएका उपकरणहरू बेइजिङले ‘फेसियल रिकग्निसन टेक्नोलोजी’लाई बढावा दिन र उइगुर अल्पसंख्यकहरूलाई जबर्जस्ती र नियन्त्रण गर्न गरेको भनी अमेरिका र सहयोगी राष्ट्रहरूले यसलाई निगरानीको सूचीमा राखेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया