Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआजदेखि १३ दिनसम्म विदेशीले मलेसिया जान नपाउने

आजदेखि १३ दिनसम्म विदेशीले मलेसिया जान नपाउने


क्वालालम्पुर, चैत ५
मलेसियाले आज बुधबारदेखि देशैभरका सार्वजनिक गतिविधि बन्द गर्ने भएको छ । प्रधानमन्त्री मुहिद्दिन यासिनले आगामी मार्च ३१ सम्मका लागि स्कुल, व्यवसाय, यात्रामा प्रतिबन्ध लगाउने बताएको एजेन्सीहरुले जनाएका छन् । अत्यावश्यक उपभोग्य वस्तु अभाव रोक्न सुपरमार्केट, फुडस्टोर र औषधि पसलहरु भने खुल्ला रहनेछन् । उक्त अवधिमा कुनै पनि मलेसियालीलाई विदेश जान र विदेशबाट मलेसिया प्रवेश गर्नेलाई पनि रोक लगाइएको छ ।

विश्व महामारीको रुप लिएको कोरोना भाइरस थप फैलिन नदिन यस्तो निर्णय गर्नुपरेको प्रधानमन्त्री मुहिद्दिनले देशवासीलाई सम्बोधनका क्रममा जानकारी दिएका हुन् । यो निर्णयपछि प्रार्थना, भेलालगायत सबै प्रभावित हुनेछन् । विदेशबाट भर्खरै मलेसिया आएका सबैलाई १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । मलेसियामा नयाँ १ सय २५ जनामा कोरोना संक्रमण भेटिइसकेको छ । योसँगै कुल ५ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ भने ४२ बिरामी उपचारपछि स्वस्थ भएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया