Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअष्ट्रेलिया र न्युजिल्यान्डमा गैरआवासीयहरूमाथि यात्रा प्रतिबन्ध

अष्ट्रेलिया र न्युजिल्यान्डमा गैरआवासीयहरूमाथि यात्रा प्रतिबन्ध


सिड्नी, चैत ७
कोभिड–१९ विश्वव्यापी रुपमा फैलिएपछि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सबै आगन्तुकहरूका लागि देशको सिमाना बन्दको घोषणा गरेका छन् । अस्ट्रेलियाका आप्रवासी बासिन्दा तथा अन्य नागरिकलाई स्थानीय समयाअनुसार शुक्रबार राति ९ बजेदेखि देशमा प्रवेश गर्न निषेध गरिने बिहीबार भएको एक प्रेस सम्मेलनमा बताएका हुन् । गैरअष्ट्रेलियाली नागरिक र देशमा प्रवेश गर्न चाहने अन्य देशका नागरिकलाई यस्तो बन्देज गरिएको हो । अत्यावश्यकताको आधारमा प्रवेश गर्न चाहने तथा अष्ट्रेलियाली नागरिकलाई भने १४ दिन क्वारन्टाइनमा बस्नुपर्ने अनिवार्य गरिएको पनि सो घोषणामा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियामा देखिएको संक्रमणमध्ये करिब ८० प्रतिशत जति विदेशी नागरिकबाट सरेको पाइएको पनि जानकारी दिए । अष्ट्रेलिया सरकारको स्वास्थ्य विभागकाअनुसार बिहीबार बिहानसम्म ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै न्युजिल्यान्डले पनि आफ्ना देशका नागरिकबाहेक सबैलाई देश प्रवेशमा रोक लगाएको छ । प्रधानमन्त्री जसिन्डा आर्डेनले विदेशीलाई प्रवेश नदिने बिहीबार घोषणा गरेकी हुन् । (रासस/सिन्ह्वा)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया