Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकाले रणनैतिक सञ्चितिका लागि ३ करोड ब्यारेल तेल किन्ने

अमेरिकाले रणनैतिक सञ्चितिका लागि ३ करोड ब्यारेल तेल किन्ने


वासिङ्टन, चैत ७
अमेरिकाको ऊर्जा विभागले ३ करोड ब्यारेल तेल रणनैतिक सञ्चितिका लागि खरिद गर्ने भएको छ । बिहीबार विभागले राष्ट्रपति डोनाल्ड ट्रम्पको घरेलु कच्चा तेल उत्पादकलाई मद्दत गर्ने निर्देशनअनुरुप उक्त परिमाणको तेल सञ्चितिका लागि खरिद गर्ने निर्णय गरेको रोयटर्सले जनाएको छ । अमेरिकाको टेक्सास र लुजियानामा सञ्चित तेलको भण्डारणगृह छ । त्यसको क्षमता ७ करोड ७० ब्यारेल रहेको छ । सञ्चितिका लागि घोषित तेलको परिमाण भने साना र मझौला उत्पादकहरुबाट खरिद गरिने विभागको भनाइ छ । यसका लागि स्विट क्रुड र सोर क्रुड तेल खरिद गर्ने विभागको योजना छ ।

ऊर्जा विभागले १ करोड १३ लाख ब्यारेल स्विट क्रुड र १ करोड ८७ लाख ब्यारेल सोर क्रुड खरिद गर्ने जनाएको छ । मे १ देखि जुन ३० सम्म तेल खरिद गरिने र त्यसका लागि मार्च २६ सम्ममा प्रस्ताव पेश गरिसक्नुपर्ने पनि विभागले कम्पनीलाई भनेको छ । ७ करोड ७० लाख ब्यारेल तेल खरिदका लागि संसदले अनुमति दिनुपर्नेछ । यसका लागि काम गरिरहेको विभागले जनाएको छ । कम्तीमा २ अर्ब डलर मूल्यको तेल विभागले खरिद गर्न लागेको हो । विभागका अनुसार प्रतिदिन ६ लाख ८५ हजार ब्यारेल क्रुड सञ्चित गर्न सकिन्छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया