इक्वेडर भूकम्प : सोह्र जनाको मृत्यु, चार सय घाइते
कुएन्का । शनिवार मध्याह्नतिर पेरु र इक्वेडरमा भएको शक्तिशाली भूकम्पमा परी १६ जनाले ज्यान गुमाएका छन् भने चार सयभन्दा बढी घाइते भएका छन् । संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण विभागले दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्प भएको जनाएको छ ।
इक्वेडरको मचला र कुएन्का शहरका भवन भत्केका छन्भने भत्केका भवनका भग्नावशेषमा सवारी साधन पुरिएका छन् । केही सवारी साधन कुच्चिएका छन् । कम्पबाट भयभीत बासिन्दा सडकमा दौडिएका थिए । एल ओरो प्रान्तमा११ जनाको मृत्यु भएको जनाइएको छ । भवनको पर्खाल भत्केर कारमा खस्दा त्यसमा सवार एक जनाको घटनास्थलमा मृत्यु भएको छ ।
इक्वेडरको सिमानामा रहेको पेरुको टुम्बेस शहरमा चार वर्षीया बालिकाको टाउकोमा इँटा लागेर मृत्यु भएको त्यहाँका अधिकारीले बताएका छन् । भूकम्प प्रभावित स्थानमा कोलाहाल मच्चिएको छ । भूकम्पको धक्का ग्वायाकिल, क्विटो, मनाबी र मान्तामा पनि महसुुस गरिएको थियो । रासस /एएफपी
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया