Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारऔषधि उत्पादन बढाउन मोदीको निर्देशन

औषधि उत्पादन बढाउन मोदीको निर्देशन


नयाँ दिल्ली, चैत ९
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार औषधि कम्पनीहरूलाई उत्पादन बढाउन निर्देशन दिएका छन् । शनिबार भिडियो सम्मेलनमार्फत औषधि उत्पादक कम्पनीहरूका प्रतिनिधिहरूसँग कुराकानी गर्ने क्रममा उनले यो समय उत्पादनलाई बढाउने समय भएकोले सबैले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताएका हुन् ।

प्रतिक्रियामा औषधि कम्पनीका सञ्चालकहरूले प्रधानमन्त्री मोदीलाई औषधिको उत्पादन बढाउने आश्वासन दिएका थिए । उनीहरूले आफूहरूसँग औषधि उत्पादनका लागि प्रशस्त कच्चा पदार्थको भण्डारण रहेको र औषधिको उत्पादनका सम्बन्धमा कुनै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका थिए । औषधि उत्पादनका क्षेत्रमा काम गर्ने रसायनविद् तथा फर्मा कम्पनीले हरेका नागरिकका लागि राष्ट्रको चिन्ता पहिलो हुने भन्दै हप्तामा सातै दिन पूरा २४ घण्टाका दरले औषधिको उत्पादन गर्ने बताएका थिए ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ८३ पुगेको र यसका कारण चार व्यक्तिको मृत्यु भइसकेको अवस्थामा प्रधानमन्त्री मोदीले औषधि उत्पादनमा कमी नआओस् भन्ने उद्देश्यले व्यवसायीसँग अन्तर्क्रिया गरी उनीहरूको तयारीबारे धारणा बुझेका हुन् । भारतमा उत्पादन हुने औषधिको भर खास गरी दक्षिण एसियाली मुलुकहरुमा हुने गर्छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x