Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाविरुद्ध भारतीय व्यवसायीहरुले गरे करोडौं सहयोगको घोषणा

कोरोनाविरुद्ध भारतीय व्यवसायीहरुले गरे करोडौं सहयोगको घोषणा


नयाँ दिल्ली, चैत १०
विश्व महामारी कोरोनाभाइरसको संक्रमण दिनप्रतिदिन बढ्नथालेपछि भारतीय उद्योगपति र व्यवसायीहरुले सहयोगको घोषणा गर्न थालेका छन् । भारतीय मिडियाहरुका अनुसार आनन्द महिन्द्रा, पेटीएमका संस्थापक विजय शेखर शर्मा र वेदान्त ग्रुपका प्रमुख अनिल अग्रवालले करोडौँ सहयोगको घोषणा गरेका हु्न् ।

व्यवसायी अग्रवालले १ अर्ब भारु सहयोगको घोषणा सामाजिक सञ्जाल ट्विटरमार्फत गरेका हुन् । भारतमा समेत यो भाइरसको संक्रमणबाट आधा दर्जन बढीको मृत्यु भइसकेको छ भने सयौँ संक्रमित फेला परिसकेका छन् । अग्रवालले महामारी रोक्नको लागि उक्त सहयोग गरेको बताएका छन् । खासगरी आफू दैनिक ज्यालादारी गरेर बाँचेका मजदुरलाई लिएर चिन्तित भएको उनको भनाइ छ ।

त्यस्तै आनन्द महिन्द्राले पनि ट्विटमार्फत आफ्ना सहयोगीलाई कोरोनासँग सम्बन्धित कोषहरुमा सहयोगका लागि उत्प्रेरित गर्ने र आफ्नो शतप्रतिशत तलब स्वेच्छाले योगदान गर्ने बताएका छन् । उनले आगामी महिनामा थप योगदान गर्ने बताएको नवभारत टाइम्सले जनाएको छ । त्यस्तै पेटीएमले कोरोना भाइरसको औषधि विकासका लागि भारतीय शोधकर्तालाई पाँच करोड भारु दिने बताएका छन् । कम्पनीका सीईओ विजय शेखर शर्माले आइतबाट ट्विट गर्दै यस्तो घोषणा गरेका हुन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया