Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइरानले मानेन ट्रम्पको सहयोग प्रस्ताव

इरानले मानेन ट्रम्पको सहयोग प्रस्ताव


तेहरान, चैत १०
इरानका सर्वोच्च नेता अलि खामेनीले आइतबार आफ्नो मुलुकले कोभिड–१९ विरूद्धको लडाईँमा अमेरिकासँग कुनै पनि सहयोग स्वीकार नगर्ने बताएका छन् । आइतबार इरानमा थप १ सय २९ जनाको मृत्यु भएको छ । इरानमा कोभिड–१९का कारण अहिलेसम्म एक हजार ६ सय ८५ जनाको मृत्यु भएको इरानी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समय पहिले इरानी नेताले चाहेमा अमेरिकाले कोभिड–१९ विरूद्धको लडाईँमा सहयोग गर्नसक्ने भनाइको जवाफमा सर्वोच्च नेता खामेनीले उक्त प्रतिक्रिया दिएका हुन् । एक इरानी राष्ट्रिय टेलिभिजनमार्फत जनताको नाममा गरेको सम्बोधनमा धार्मिक नेता खामेनीले अमेरिकी राष्ट्रपतिको गत फेब्रुअरी २९ मा इरानबारे राखेको प्रस्तावलाई इन्कार गर्दै भने, ‘तपाईँलाई कसैले विश्वास गर्दैन । तपाईले इरानमा सहयोगको नाममा ल्याउने औषधि इरानको नागरिकको पक्षमा हुनेमा हामीलाई विश्वास छैन ।’

इरानमा २१ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने विगत २४ घण्टामा थप एक हजार २८ विरामीमा संक्रमण देखिएको छ । खामेनीले इरानले अमेरिकी सहयोगलाई अस्वीकार गर्नेबारे दोहो-याउँदै र वासिङ्टनलाई इरानविरोधी शत्रुको आरोप लगाउँदै भने, ‘हामीले अमेरिकासँग ४० वर्षदेखि कूटनीतिक सम्बन्ध राखेका छैनौँ र उसले इस्लामिक गणतन्त्रमा भाइरस निर्मूलका नाममा उल्टै फैलाउन सक्छ भन्ने बुझेका छौँ ।’

उनले अहिले इरानले अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो शत्रुका रूपमा लिएको बताए । इरानले अमेरिकीलाई यही अवस्थामा सहयोगका लागि याचना गर्ने सम्भावना नै नरहेको उनको भनाइ छ । उनले अमेरिकाले अहिले आफ्नो शक्ति नागरिकको सुरक्षाका लागि प्रयोग गर्न सुझाव राष्ट्रपति ट्रम्पलाई दिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया