Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाका कारण विश्व हवाइ क्षेत्रले १ खर्ब १३ अर्ब डलर नोक्सानी व्यहोर्ने प्रक्षेपण

कोरोनाका कारण विश्व हवाइ क्षेत्रले १ खर्ब १३ अर्ब डलर नोक्सानी व्यहोर्ने प्रक्षेपण


लन्डन, चैत १३
कोरोना भाइरस संक्रमणको सबैभन्दा मार हवाइ उद्योगमा परेको छ । विश्वभरका एयरलाइन्सको बुकिङ घटेको छ भने टिकट रद्द गर्ने धेरै छन् । अन्तर्राष्ट्रिय हवाइ यातायात संघले जुन ३० सम्म ११ लाख बढी बुकिङ रद्द भएको जनाएको छ । संघका अनुसार मार्चमा ५० प्रतिशत टिकट बुकिङ रद्द भएका छन् भने अप्रिलमा ४० प्रतिशत र मे महिनामा २५ प्रतिशत बुकिङ रद्द भइसकेका छन् । संघमा विश्वभरका २ सय ९० अन्तर्राष्ट्रिय एयरलाइन्सहरु आबद्ध रहेका छन् । संघले आजसम्मको स्थिति विश्लेषण गर्दा १ खर्ब १३ अर्ब डलर बढी नोक्सान हुने अनुमान गरेको छ ।

विश्वमा धेरै रोजगार दिन सफल हवाइ उद्योगले धेरै देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ठूलो योगदान गर्छ । थाइल्यान्डको जीडीपीमा यस क्षेत्रबाट १५.५ प्रतिशत योगदान रहेको छ । त्यस्तै सिगापुरको जीडीपीमा ११.८ प्रतिशत योगदान रहँदा जापानको जीडीपीमा २.४ प्रतिशत, मलेसियाको जीडीपीमा ३.५ प्रतिशत, दक्षिण कोरियाको जीडीपीमा ३.४ प्रतिशत योगदान रहेको संघले जनाएको छ । हवाइ उद्योगमार्फत थाइल्यान्डले करिब ४३ लाख, जापानले १४ लाख २० हजार, मलेसियाले ४ लाख ५० हजार, सिंगापुरले ३ लाख ७५ हजार, दक्षिण कोरियाले ८ लाख ३८ हजार रोजगारी सिर्जना गरेका छन् । कोरोना संक्रमणको डरले अन्तर्राष्ट्रिय उडान रद्द हुँदा अहिले धेरैको रोजगारी खोसिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया