‘बेलायतको अर्थतन्त्र सही मार्गमा फर्किंदै छ’
बेलायती वित्तमन्त्री जेरेमी हन्टले बेलायतको अर्थतन्त्रमा सुधार भएको बताएका छन् । हालै अमेरिकाको वासिङ्टनमा भएको अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अर्थतन्त्रमा वृद्धिको रणनीतिलाई स्वागत गरिएको बताएका छन् ।
उनका पूर्ववर्ती क्वासी क्वार्टेङ्ले बेलायातको अर्थतन्त्रबारे धेरै आलोचना भएपछि गत अक्टोबरको सुरुमा राजीनामा दिएका थिए ।
हन्टले अन्तर्राष्ट्रिय दाताको सहयोगले बेलायतको अर्थतन्त्रलाई सही मार्गमा फर्काएको बताएका छन् । यद्यपि पछिल्लो समय फेब्रुअरीमा सार्वजनिक तथ्यांकले बेलायतको अर्थतन्त्र अपेक्षितरुपमा बढ्न नसकेको देखाउँछ ।
आईएमएफले भने सन् २०२३ मा बेलायतको अर्थतन्त्र शून्य दशमलव तीन प्रतिशतले खुम्चने अनुमान गरेको छ । यही कारण विश्वभरमा बेलायतको अर्थतन्त्र खराब देखिनसक्ने बताएको छ ।
हन्टले महिनौँसम्मको औद्योगिक कार्य, तीव्र गतिमा बढेको मूल्य र श्रम अभावको सामनाले बेलायतको अर्थतन्त्रमा समस्या देखिएको बताए ।
उनले तलबवृद्धिको माध्यमबाट इन्धनको मूल्यवृद्धिबाट जोगिएको समेत बताए । यस्तै अहिलेसम्म मन्दीबाट जोगिएको भए पनि आगामी केही महिना मूल्यमा तीव्र उतारचढाव देखा पर्नसक्ने पनि बताए । उनले बजेटमार्फत व्यवसायहरुमा रोजगारी सिर्जना गर्न, लगानी बढाउन र बाल हेरचाह कोषको रकम वृद्धि गर्ने उपायहरुको विकास गर्नुपर्नेमा जोड दिए ।
‘गतवर्ष सरकारले विनाकारण करसम्बन्धी ठूलो हेरफेर गरेपछि बेलायतमा लगानीकर्ताको विश्वास गुम्दै गएको थियो’, उनले भने । बेलायतको अर्थतन्त्र पनि वित्तीय क्षेत्रसँग बढी जोडिएको छ । अहिलेको अनिश्चितताका कारण अमेरिकामा तीन बैंकहरु बन्द भएको र स्वीट्जरल्याण्डको क्रेडिट सुइसको आपत्कालीन अधिग्रहण गर्नुपर्दाको खबरले बेलायतमा पनि असर परेको उनले बताए । यद्यपि बेलायतको बैंकिङ प्रणाली सन् २००८ को वित्तीय संकटअघिको भन्दा धेरै राम्रो स्थितिमा रहेकाले चिन्ता लिनुनपर्ने बताए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
- नेपालको समग्र हितको रक्षापछि मात्र संसदको गतिरोध अन्त्य हुन्छ : ओली
- रियलमीद्वारा नार्जो एन–५३ र नार्जो एन–५५ सार्वजनिक
- ‘भिभो ५जी टक’ कार्यक्रम
- टेलिकमको नयाँ सेवा
- छत्रपाटी निशुःल्क चिकित्सालयको सचेतना -याली
- बजेटले लगानी प्रोत्साहन र माग वृद्धि गर्नेमा शंका : परिसंघ
- मोबाइल किन्ने दुई जनालाई थाइल्यान्ड भ्रमणको अवसर
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया