दुवई । संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका एक नेपाली चालकले करोडौँको चिठा जितेका छन् । खालिजटाइमका अनुसार पदम नाम गरेका नेपाली प्रवासीले यूएईको महजुजको १२४औँ ड्रमा दुई करोड दिर्हाम राशीको चिठा जितेका हुन् ।
बुधबारको विनिमय दरअनुसार दुई करोड दिर्हामको नेपाली ७१ करोड ७० लाख रुपैयाँ हुन्छ । उनको चिठाका सबै पाँचवटा नम्बरहरु ५, १०, ४१, ४६ र ४९ मिलेको थियो । उक्त ड्रको नयाँ संरचनाअनुसार सन् २०२३ मा विशाल राशिको पुरस्कार जित्ने उनी पहिलो व्यक्ति भएका छन् ।
पदमले हरेक महिना ५७ सय दिर्हाम आम्दानी गर्दै आएका थिए । काममा व्यस्त हुनुका बाबजुद उनी मानिसहरुलाई पनि सहयोग गर्दै आएका छन् । उनी २३ वर्षदेखि यूएईमा बसिरहेका छन् । उनी एक कम्पनीमा रहेर हालसम्म गाडी चलाइरहेका छन् ।
उनले महजुजमा चिठाका टिकट बिक्री सुरु भएदेखि नै किन्नथालेका थिए । त्यसअघि यसको नाम अर्कै थियो । उनले जित्नसकेका थिएनन् । तर जब महजुज टिकट बिक्री गर्न थालियो उनले ३५ दिर्हाम र ३५० दिर्हाम जितेका थिए ।
नेपाली प्रवासी उनले श्रीमती र छोरीलाई सोधेर १–१ अंकको लक्की नम्बर छानेका थिए । त्यसपछि उनले अन्य तीनवटा छाने । उनले आफ्नै हिसाबले नम्बर छान्ने गरेका थिए । उनी हरेक शनिबार राति विजेता घोषणाको पर्खाइमा हुन्थे । भर्खरै विदाबाट फर्किएका कारण गत हप्ताको संस्करण उनले हेर्न पाएका थिएनन् ।
‘मलाई अर्को दिन ड्रबाट फोन आयो । तर मैले विश्वासै गर्न सकिन र कसैले मसँग जिस्किएको सोचेँ’, उनले भने । तर जब उनले एपमा चेक गरे अनि सपना पूरा भएको थाहा पाए ।
‘मैले फोन लगाइहालेँ, उनीहरुले हो भने’, पदमले भने, ‘त्यसपछि त जमिन नै भासिएको महशुस भयो ।’
त्यसपछि उनले श्रीमतीलाई फोन गरे । पदमले भने, ‘उनले पनि मैले जिस्किएको सोचिन्, तर जब मैले प्रमाणसहित सबै कुरा भनेँ, त्यसपछि औधी खुसी भइन् ।’
जितेको रकमबाट श्रीमतीको मेडिकल खर्च व्यहोर्ने उनको योजना छ । यसबाहेक ऋण तिर्ने र छोरीको भविष्यका लागि बचत गर्ने योजना पदमले बनाएका छन् । उनले यूएईमा नै आफ्नो परिवार राख्न चाहेका छन् । त्यसका लागि केही सम्पत्ति आफ्नो घर बनाउन खर्चिनेछन् । करोडपति बनेका उनी आफ्नो ड्राइभर पेसा पनि जारी राख्ने र महजुज टिकट किनिरहने बताउँछन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- नेपालको समग्र हितको रक्षापछि मात्र संसदको गतिरोध अन्त्य हुन्छ : ओली
- रियलमीद्वारा नार्जो एन–५३ र नार्जो एन–५५ सार्वजनिक
- ‘भिभो ५जी टक’ कार्यक्रम
- टेलिकमको नयाँ सेवा
- छत्रपाटी निशुःल्क चिकित्सालयको सचेतना -याली
- बजेटले लगानी प्रोत्साहन र माग वृद्धि गर्नेमा शंका : परिसंघ
- मोबाइल किन्ने दुई जनालाई थाइल्यान्ड भ्रमणको अवसर
- हाइफ्युचरको फ्लाइबड्स नेपाली बजारमा
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया